डडेलधुरा- बैतडीमा शनिबार एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन्। दोगडाकेदार गाउँपालिका-४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
शुक्रबार राति खाना खाएर आफ्नै कोठामा सुत्न गएकी लक्ष्मी शनिबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
मृतक भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। किशोरीले आत्महत्या गर्नुको कारण भने केही खुलेको छैन। किशोरी एसइईमा अनुत्तीर्ण रहेको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पातलीले बताए।
घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।