काठमाडौं- महानगरीय प्रहरी वृत्त जगातीले आज सूर्यविनायक नगरपालिका–६ स्थित चिरन थापाले सञ्चालन गरेको ‘करण क्याफे’मा जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई रु ७० हजारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
यस्तै सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई रु एक लाख ३३ हजारसहित पक्राउ गरेको थियो।
भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट रु ६७ हजारसहित छ जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।