रौतहट- बाढीको पानी जमेको खाल्डोमा डुबेर रौतहटमा दुई बालिकाको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिकामा रहेको बाँधको खाल्डोमा डुब्दा बालिकाहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदीभन्दा उतर-पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका ८ वर्षीया निरुता कुमारी र उनकै उमेरकी पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बाख्रा चराउन गएकी दुबै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेको तर निस्कन नसकेको बताइएको छ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।