काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनियर उमा श्रेष्ठलाई पक्राउ गरेको छ।
सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनियर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।
घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ। पक्राउ परेका सव- इञ्जिनियर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।