राजविराज– सप्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका-१ का करिब ४०/४५ वर्षीय महेन्द्र मण्डलको मृत्यु भएको हो।
रुपनी–राजविराज सडक खण्डमा राजविराज आउँदै गरेको बा४ख ५५४२ नम्बरको टिपरले रुपनी जाँदै गरेको स९प ७९१८ नम्बरको मोटरसाइकललाई रुपनी गाउँपालिका-१ मा ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट टाउको र खुट्टामा चोट लागि गम्भीर घाइते भएका मण्डललाई स्थानीय युनिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।