जनकपुर- लोक सेवा आयोगले आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग राख्दै आज जनकपुरमा विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनका क्रममा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुतलासमेत दहन गरिएको छ। सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादव, राजपा विद्यार्थी नेता प्रशान्त झा, किसन साहसहितका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अहिले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ। उनीहरु आयोगको विज्ञापन खारेज नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। शुक्रबार देशका अन्य मुख्य सहरहरुमा समेत विज्ञापनविरुद्ध प्रदर्शन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।