काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) अख्तियारद्वारा एक वर्षमा घुससहित २ सय जना रंगेहात पक्राउ, गृह मन्त्रालय मातहतका कर्मचारी मात्रै २७ जना।
२) मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली खारेज गर्न सरकारसँग सरोकारवालाको माग, तत्काल खारेज नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी।
३) यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी, आगामी हप्ता नै संसद्मा उक्त विधेयक पेस गरिने।
४) क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आइसिसी सदस्यबाट जिम्बाबे निलम्बन, अन्तर्राष्ट्रिय सहायतासमेत रोकियो।
५) अमेरिकी संसद्ले तोक्यो संघीय न्यूनतम ज्याला १५ डलर, रिपब्लिकन पार्टी भन्छ- हामीलाई स्वीकार्य छैन।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।