काठमाडौं- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले सडक दुर्घटना न्यूनीकरण एवम् समुदाय प्रहरी साझेदारी सम्बन्धमा गोकर्णेस्वरको नयाँपाटीमा एक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा महानगरीय प्रहरी वृत बौद्वका प्रहरी निरीक्षक रुपेन्द्र बहादुर श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायब निरीक्षक अर्जुन गिरी, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रहरी नायब निरीक्षक रामेश्वर खड्का लगायातका प्रहरी अधिकृत एवम् जवानहरूले सवारी दुर्घटना तथा सुरक्षा सम्बन्धी जानकारी दिएका थिए। साथै सो सम्बन्धी वृतचित्र समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा बौद्वका प्रहरी निरिक्षक श्रेष्ठले यस क्षेत्रको सडक दुर्घटना न्यूनीकरण गर्न वृतले सवारी चेकजाँचमा कडाइ गर्ने बताए। कार्यक्रममा बोल्दै निरीक्षक श्रेष्ठले भने, 'सवारी दुर्घटना कम गर्न जस्तोसुकै कठोर चेकजाँच गर्न वृत तयार छ।'
सुन्दरीजलका प्रमुख प्रनानी गिरीले सुन्दरीजलको पोखरी र बागमती खोलामा घुम्न आउने आन्तरिक पर्यटकको वर्षौनी डुबेर हुने मृत्यु न्यूनीकरण गर्न दुर्घटना हुन सक्ने क्षेत्रमा विशेष सुरक्षा योजना लागू गर्ने जानकारी दिए।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्ताेष चालिसेले केन्द्रीय सरकारले जोरपाटी सुन्दरीजल सडक खण्ड मर्मत नगरे यो आवभित्र आफ्नै श्रोतमा मर्मत गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।