काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाका २२ वर्षीय आकाश लिम्बु काठमाडौं बस्ने विशाल मगर रहेका छन्।
बिहीबार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बसमा चेकजाँच गर्दा दुईजनाको साथबाट प्रहरीले ६.२४ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
यसैगरी बिहीबार साँझ ८ बजे महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौं महनगरपालिका-९ तिलगंगा स्थित होटल बरदानीबाट कुलेश्वर घर भई सोही होटलमा बस्दै आएका मनोज कुमार नकर्मीलाई ५ हजार र लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।