कैलाली- कैलालीको डोडा नदीमा डुबेर एक वृद्धको मुत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका ८ दिपनगरगाउँ बस्ने वर्ष ५५ का नौले थापाको मुत्यु भएको हो।
बिहीबार राति ९ बजेको समयमा वडा नम्बर ८ को कार्यालयबाट आफ्नो घर जाने बेला नदी तर्दा उनी डुबेका थिए। शवलाई पोस्टमार्टमका लागि प्रथामिक स्वास्थ्य चौकी भजनी पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।