काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मवारी लिन सरकारलाई सचेत गराएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ज्येष्ठ नागरिकहरुको पालनपोषणको उचित व्यवस्था गर्ने दायित्वबोध गर्न सरकारलाई सचेत गराएका हुन्।
छोराछोरीलाई मात्रै ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी लिने गरी ‘ज्येष्ठ नागरिक सम्बन्धी कानुन’ निर्माण गर्न सरकार लागि परेको उल्लेख गर्दै असन्तुष्टि पनि जनाएका थिए।
अध्यक्ष शर्माले ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने दायित्व राज्यको हुने संविधानमै व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन्।
'आयोग आफैंले ज्येष्ठ नागरिकको सम्बन्धमा सरकारले संसदमा पेस गरेको विधेयकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकको उचित पालनपोषणका लागि राज्यले छुट्टै संवैधानिक आयोग बनाउनुपर्छ,' अध्यक्ष शर्माले भने।
अध्यक्ष शर्माले सरकारले ऐन, कानुन बनाउने तर त्यसको उचित ढंगले कार्यान्वयन नगराउने काम हुने गरेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाए।
ज्येष्ठ नागरिकलाई परिवारबाट अलग हुने गरी कानुन बनाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।