डडेल्धुरा- बैतडीको सुर्नया गाउँपालिका–१ का वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको छ।
जिल्लाको सतबाँझबाट खोचलेक तर्फ जाँदै गरेको अध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको म २ प ६६३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनाकामा गम्भीर घाइते भएका वडा अध्यक्ष चन्दलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते भएका चन्द्रसिंह ऐरको अवस्था समान्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।