पत्रकारहरुसँगको अन्तरक्रियामा मार्कुस पोटजेल। साथमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफेर। तस्बिर: रासस
काठमाडौँ- सशस्त्र द्वन्द्वका मुद्दा टुंग्याउन विलम्ब भइरहेका बेला जर्मनीले यसप्रति चासो देखाएको छ।
नेपाल भ्रमणमा रहेका जर्मनीको परराष्ट्र मन्त्रालयका दक्षिण एशिया मामिलासम्बन्धी आयुक्त मार्कुस् पोटजेलले यसबारे चासो व्यक्त गरेका हुन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग भएको शिष्टाचार भेटमा उनले यसबारे चासो राख्दै ती मुद्दा शीघ्र टुङ्गिनेमा जर्मनी आश्वस्त रहेका बताएका थिए।
भेटमा कानुन मन्त्री ढकालले द्वन्द्वकालीन सबै समस्या समाधान गर्न सरकारले आवश्यक कानून तर्जुमा गरेको र ती संसदीय प्रक्रियामा रहेको जानकारी पोटजेललाई गराएका थिए।
नेपालको दुई दिने भ्रमण पूरा गरी भारततर्फ प्रस्थान गर्नुअघि उनले जर्मनीको राजदूतावासमा बुधबार केही पत्रकारसँग कुराकानीमा पनि उनले त्यो सम्बन्धी कुरा उठाएका थिए।
त्यहाँ पनि उनले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्ति, आयोगका बाँकी न्याय सम्पादनका बाँकी कामले शीघ्र पूर्णता पाउनेमा जर्मनी आसावादी रहेको कुरा दोहोर्याएका थिए।
द्वन्द्वकालीन मुद्दामा सरकारले शीघ्र पूर्णता पाउनेमा जर्मनी आसावादी रहेको भन्नुका पछाडि ती काम चाँडै टुंग्याउन लबिङ गरेको बुझ्न सकिने यस मामिलाका जानकारको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।