काठमाडौं- निरन्तर पहिरो खस्दै गएपछि बुढीगंगा थुनिँदै गएको छ। नदी थुनिएका कारण बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्दै गएका छन्।
नदीमा खस्दै गरेको पहिरोले यस क्षेत्र उच्च जोखिममा परेको छ। वर्षात सुरु भएसँगै अछामको साँफे र बाजुराको त्रिवणी नगर जोखिममा परेका छन्।
नदीमा पानीको बहाव बढ्दै जाने र पहिरो झर्दै जाँदा बुढीगंगाले आसपासका मानव बस्तीसहित खेतियोग्य जमिन डुबाउने त्रिवेणी नगरपालिका नगर प्रमुख राम सिंह रावलले बताए।
गत वर्षदेखि उक्त ठाउँमा पहिरो बग्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।