धनगढी- कैलालीको घोडाघोडी नगरपालिका-१, घोडाघोडीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने अशोक चौधरी छन्। चालक प्रेम चौधरी घाइते भएका छन्। घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर पठाइएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमवाट पूर्वतर्फ गइरहेको से१प १३४७ नम्बरको मोटरसाइकलले बुधबार राति घोडाघोडी मन्दिर नजिक छाडा पशुचौपायालाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यज्ञराज जोशीले जानकारी दिए।
सो दुर्घटनामा परि एक गाईसमेत मरेको छ। मोटरसाइकल सुख्खड प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।