• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तकोसी नगरपालिकाको चौथो नगरसभा, ५ वडाध्यक्षद्वारा सभा बहिस्कार

64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  १०:००
1140x725

राजविराज– वर्षा र बाढीकै बीच सप्तरीको सप्तकोसी नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ। मंगलबार सम्पन्न नगरसभाले आर्थिक वर्ष ०७६/७७ का लागि नीति तथा कार्यक्रमसहित ३६ करोड ५२ लाख १८ हजार १ सय ५२ रुपैयाँ ७६ पैसाको बजेट पारित गरेको छ।

सभामा उपमेयर आशा चौधरीले बजेट व्यवस्थापनको योजना पेस गरेकी थिइन्। जसमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ करोड ७ लाख, ससर्त अनुदान ८ करोड ४१ लाख, राजस्व बाँडफाटबाट प्राप्त हुने ६ करोड १५ लाख, आन्तरिक स्रोत संकलनबाट १ करोड ६४ लाख, सामाजिक सुरक्षातर्फ सशर्त (केन्द्रबाट) प्राप्त हुने ३ करोड ५० लाख, गत आवको खर्च बचतबाट मौज्दात रहेको रकम ४ करोड ६५ लाख र संघ तथा प्रदेशसहित अन्य दातृ निकायबाट २ करोड ८५ लाख १८ हजार १ सय ५२ रुपैयाँ ७६ पैसा प्राप्त गरिने उल्लेख छ।

यसरी भयो बजेट विनियोजन
प्राप्त बजेटमध्ये नगरका ११ वडामध्ये अधिकतम ७७ र न्यूनतम ५३ लाखसम्म गरी ६ करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ। संघीय सरकारबाट प्राप्त ससर्त अनुदान (८ करोड ४१ लाख) रकम कार्यक्रम अनुसार खर्च गरिनेछ। 

चालुतर्फ कार्यालय व्यवस्थापन, कर्मचारी/जनप्रतिनिधिहरुको पारिश्रमिक तथा अन्य सञ्चालन खर्च तर्फ जम्मा ७ करोड ७९ लाख विनियोजन गरिएको छ। गत आव ०७५/७६ मा सञ्चालन भई सम्पन्न भई नसकेका अधुरा योजनाहरुको भुक्तानी गर्नका लागि सोही आवको बजेटबाट हुबहु अल्या गरी ३ करोड ७२ लाख ६८ हजार १ सय ५३ रुपैयाँ ७६ पैसा विनियोजन गरिएको छ।

नगरपालिका भवन निर्माणका लागि १ करोड, मेयरसँग विकास, नगर गौरवका सडक, मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता, विपद व्यवस्थापन, नदी नियन्त्रण, हेडबाँध गेष्ट हाउस लगायतका नगर स्तरीय कार्यक्रम र अन्य बिषयगत शाखा मार्फत सञ्चालन हुने कार्यक्रमका लागि ८ करोड ६ लाख विनियोजन गरेको उपमेयर आशा चौधरीले बताइन्।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राप्त हुने रकम सम्वन्धित लाभग्राहीहरुलाई वितरण गर्नका लागि ३ करोड ५० लाख विनियोजन भएको छ।

संघ र प्रदेशसँग सौहार्दपूर्ण सम्वन्धको विकास तथा सहकारिता लगायतका विषयलाई वजेटले प्राथमिक्ता दिएको मेयर उत्तमकुमार गौतमले वताए।

नगरपालिकाका चुनौती
सभाले करिब ३६ करोडको बजेट पारित गरेपनि नगरपालिकाको आवश्यकताका आधारमा अझै पर्याप्त नभएको मेयर उत्तमकुमार गौतमले बताए। ‘हाम्रासामु धेरै चुनौती छन्, जसलाई अहिलेको बजेटले सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘हामीले अधिक उपलब्धि हासिल गर्नेगरी बजेट बनाएका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

नगरमा राजनीतिक परिवर्तनको अनूभूति हुने गरी समाजलाई आर्थिक सामाजिक रुपले रुपान्तरण गर्ने कार्य सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको उनले बताए। यसैगरी, शासन व्यवस्था सञ्चालनका लागि आवश्यक प्रशासनिक संरचनाहरु तयार भई नसकेको र दक्ष जनशक्तिको कमी रहेकाले उपलब्ध स्रोत साधनको कुशल विनियोजन गर्ने, विकास आयोजनाको दक्षतापूर्वक कार्यान्वयन गर्ने र सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने कार्य चुनौतीपूर्ण देखिएको गौतमको भनाइ छ।

स्थानीय सरकारप्रतिको जनविश्वासलाई मजबुत बनाई प्राप्त संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप संस्थागत र दिगो बनाउँदै लैजानुपर्ने जिम्मेवारी स्थानीय तहमा नै रहेकाले ती सबैलाई सम्बोधन गर्ने गरी बजेटको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ।

११ मध्ये ५ वडाध्यक्षद्वारा सभा बहिस्कार
चौथो नगरसभासम्म आइपुग्दा नेकपाकै पूर्व माओवादी समूह प्रतिपक्षका रुपमा देखिएको छ।

सप्तकोसी नगरपालिकाका ११ वटै वडा नेकपाले जितेको थियो। तत्कालीन एमालेका ६ र माओवादी केन्द्रका ५ जना वडा अध्यक्ष निर्वाचित छन्। 

Xtrem

Xtrem

निर्वाचित पाँचै वडाध्यक्षले चौथो नगरसभा भने बहिस्कार गरेका छन्। हतार र कमजोर व्यवस्थापनका बीच नगरसभा गर्नुपरेकाले औपचारिक निम्ता (पत्र पठाएर) गर्न नसकिएकाले वडाध्यक्षहरु सभामा अनुपस्थित भएको मेयर गौतमले बताए।

सभामा अनुपस्थित नभएका मध्ये वडा ५ का अध्यक्ष दीपक लेखीले भने हालैको बाढीका कारण विपदमा परेका वडालाई प्राथमिकतामा राखेर बजेट बनाउन आग्रह गर्दा सुनुवाइ नभएपछि सभा बहिस्कार गरिएको बताए। नगरसभाबाट पारित भएको नीति, कार्यक्रम र बजेट नगर कार्यपालिकाको बैठकले अनुमोदन नै नगरी सभामा पेस गरिएको उनको आरोप छ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्