जनकपुर- वर्षा तथा बाढीका कारण प्रदेश-२ मा ३२ जनाको मृत्यु भएको छ।
प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन्।
यसैगरी तीन हजार ५ सय ७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १ सय ४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएका छन्।
सप्तरीमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन भने सबभन्दा बढी रौतहटमा बाढी र डुबानमा परी बालबालिका, पुरुष तथा महिला गरी नौ जनाको मुत्यु भएको जनाइएको छ।
वर्षा रोकिएपछि हाल स्थिति सामान्य हुँदै गएको छ। बाढी तथा डुबानमा परेका पीडितको पुनःस्थापना तथा राहत वितरणको काम भइरहेको प्रहरी नायब उपरीक्षक महतोले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।