काठमाडौं- युरोपियन मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ५१ लाख ५० हजार ठगी गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-४ देवौली घर भई हाल काठमाडौं धापासी बस्दै आएका नवीन कुमार चौधरी रहेका छन्।
चौधरीलाई मंगलबार काठमाडौं टोखा नगरपालिका ग्रान्डी अस्पताल नजिकैबाट प्रहरीले पक्राउ गरेको हो।
चौधरी संलग्न गिरोहले विभिन्न प्रलोभनमा पारी युरोप रोजगारीको विश्वास दिलाई पीडित पक्षबाट ५१ लाख ५० हजार लिएर भारतसम्म पुर्याएर अलपत्र पारी फरार भएका थिए।
चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।