काठमाडौं– डिआइजी नवराज सिलवालले मंगलबार प्रहरी सेवाबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीको आइजिपी आफूलाई नियुक्त गर्नुपर्ने भन्दै सिलवालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
उनको मुद्दा सर्वोच्च अादालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको वृहत् पूर्ण इजलासले मंगलबार नै खारेज गरेको हो। सर्वोच्चले उनको रिट खारेज गरेको केही घण्टापछि नै उनले राजीनामा गरेका हुन्।
सिलवालले नेपाल लाइभसँग छोटो कुरा गर्दै भने, ‘हो मैले प्रहरी सेवा छाडिदिएँ।’ सिलवालले ३० वर्षे सेवा अवधि पुग्न ६ महिनाअघि नै प्रहरी सेवा छाडेका हुन्।
कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्त गरेपछि उनी पुनः अदालत पुगेका थिए। उनले विज्ञप्ति जारी गरी आफूले राजीनामा दिएको घोषणा गरेका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।