काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्टस्का कर्मचारी रविन खत्री रहेका छन्।
आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडा कार्यालयमा फाइल पेस गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
वडाध्यक्ष रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविनले फाइल पेस गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डिएसपी सन्तोष सिंह राठौरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै थप कुरा नखुलेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।