काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मगरघाटस्थित तिनाउखोला नजिक प्रहरीमाथि हातपात गर्ने ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक बिक र १८ वर्षीय सन्दिप बिक रहेका छन्।
तिलोत्तमा नगरपालिका–४ मगरघाटस्थित तिनाउखोलामा बालुवा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी त्यस ठाउँमा पुग्दा करिब ५ जनाको समूहमा बसेका व्यक्तिहरुले एक्कासि प्रहरीमाथि हातपात गरेका थिए। पक्राउ परेका उनीहरुले प्रहरीको मोबाइल नै खोसेर भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।