काठमाडौं- कांग्रेस निकट विद्यार्थीहरुले बाढी पहिरोबाट प्रभावितहरुको लागि राहत संकलन सुरु गरेका छन्।
नेविसंघ नेता तथा कार्यकर्ताहरुले राहत संकलनको सोमबारदेखि सुरु गरेका छन्। भोटाहिटी, भृकुटीमण्डप, कोटेश्वर, वसन्तपुरलगाएका ठाउँबाट नगद तथा जिन्सी संकलन गरेका छन्।
संकलनको पहिलो दिन नगद तथा जिन्सी गरि करिव पचास हजार रुपैयाँ बराबरको राहत संकलन भएको जनाइएको छ।
बुधबारसम्म राहत संकलन गरी बाढीपीडित क्षेत्रमा राहत वितरण गरिने नेबिसंघ निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए। पार्टी सभापति र संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले राहत र उद्धारमा लाग्न आव्हान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।