अछाम- अछाममा जंगली निउराे खाँदा दाजुबहिनीकाे मृत्यु भएको छ। रामारोशन गाउँपालिका-५, तल्लोपाटनका ५ वर्षीया मनिषा बोहरा र ११ वर्षीय रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए।
शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।
मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगायतकाे समस्या देखिएकाे थियो। नरपतासमेत बिरामी रहेकोले उनको उपचार भइरहेको छ। नरपताको अवस्था चिन्ताजनक रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।