कपिलवस्तु- कपिलवस्तुमा पौडी खेल्ने क्रममा दुई जनाको बालकको मृत्यु भएको छ। जिल्लाको बुद्धभूमी नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुद्धभूमि नगरपालिका-४ मा दिउँसो पौडी खेल्ने क्रममा ९ वर्षीय अनमोल बोहोरा र १० वर्षीय सौगात कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ।
घरदेखी ५ सय मिटर उत्तर तर्फ रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको र आफन्तले तत्काल पोखरीबाट निकाली उपचारको लागि ४ नम्बर स्थित सामुदायिक अस्पतालमा पठाएकोमा दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।