जनकपुर- लगातारको निरन्तर वर्षापछि आएको बाढीमा परी आइतबार महोत्तरीबाट दुई बालक बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा जलेश्वर नगरपालिका-८ का मनोज ठाकुरका १२ वर्षीय छोरा प्रशान्त ठाकुर र उनकै भाञ्जा १३ वर्षीय युवराज ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ।
बेपत्ता भएका बालकहरू जलेश्वर नगरपालिकाको कार्यालयभन्दा सय मिटरअगाडि कल्भर्टबाट हराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकी जानकारी दिए।
उनीहरूको खोजी कार्य जारी रहेको बताए। यस्तै, बाढीका कारण शुक्रबारदेखि हराएका बल्बा नगरपालिका-२ का ७० वर्षीय हनिफ पैठाको शव भेटिएको छ।
उनको शव महोत्तरी गाउँपालिका-३ रातो नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।