जनकपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवदले बाढी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न धनुषाको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।
गृह जिल्ला धनुषा पुगेका मन्त्री यादवले विपद व्यवस्थापन समितिको बैठकमा बाढी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सबै मातहतलाई निर्देशन दिए।
मन्त्री यादवले बाढीको खतरा अझै नटरेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरे।
मन्त्री यादवले बढी क्षति र राहत आवश्यक स्थानलाई प्राथमिकतामा राखेर राहत वितरणकार्य तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई निर्देशन दिए।
आफू र आफ्नो मन्त्रालयबाट समेत राहतको व्यवस्था गरिएको जानकारी दिँदै उनले जिल्लाको समग्र अवस्थाको जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।