कञ्चनपुर- सडक दुर्घटनामा परेर मलेसियामा २ नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको हो।
शुक्रबार मलेसियाको साह आलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए।
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ।
मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।