प्रतीकात्मक तस्बिर
काठमाडौं- सशस्त्र प्रहरीले महोत्तरीको कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार गरेको छ।
शसस्त्र प्रहरीको महोत्तरी २ नम्बर बाहिनीबाट परिचालित क्षेत्रीय विपद् व्यवस्थापन टिमले शनिबार धनुषाको शहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्धार गरेको हो।
टोलीले शहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका-७, हसमुढा सखलास्थित कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ।
यसैगरी, धनुषाको सघारा र सिरहाको बसपिट्टा गाउँपालिका जोड्ने निर्माणाधीन हुलाकी सडकको पुल बनाउने क्रममा फसेका इन्जिनियरसहित ९ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट शनिबार साँभ उद्धार गरिएको छ।
बिहीबार साँझदेखि बाढीमा फसेका उनीहरुलाई ४८ घन्टापछि नेपाली सेनाको टोलीलेल उद्धार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए।
नदीको भंगालोमा फसेका उनीहरुको उद्धार गर्न शुक्रबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले प्रयास जारी राखेका थिए।
तर नदीमा पानीको उच्च बहाव भएकोले उद्धार हुन सकेको थिएन् भने खराब मौसमका कारण त्यहाँसम्म हेलिकप्टर पुग्न सकेको थिएन्। उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी धनुषाको धरापानीमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।