बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा पहिरो खस्दा एक जनाको ज्यान गएको छ। बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पर्ने पावर हाउस नजिकै गएको पहिरोले मोटरसाईकल बगाउदा मोटरसाईकल चालकको मृत्यु भएको छ।
बुटवल पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकस बीचमा माथिबाट ढुंगासँगै खसेको पहिरोले मोटरसाकल बगाएको थियो। पहिरोका कारण पाल्पा मित्थ्याल–९ का ३१ वर्षीय मोटरसाईकल चालक धन बहादुर सुनारीको मृत्यु भएकोे प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालयका बुटवलले जनाएको छ।
प्रहरीका अनुसार पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु ५० प ४६७१ नम्बरको डिस्कोभर मोटरसाकल पहिरोले बगाएको हो। पहिरोमा परेका सुनारीको उद्धारमा नेपाल प्रहरी, सश्स्क्त प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेना खटिएको थियो। सुनारीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।
दिउँसो करिब तीन बजेतिर घटना भएको भएपनि अहिलेसम्म सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। पहिरो झरेको झरै भएकाले राजमार्ग अवरुद्धसंगै बुटवल हुदै पाल्पा, गुल्मी स्याडजा, पोखरा, बाग्लुग जाने आउने सवारी साधन अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक सुचारु हुन अझै केहह समय लाग्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।