काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मारवाडी समुदायलाई होच्याउने गरी पाठ्यपुस्तकमा शब्द राखेको भन्दै आपत्ति जनाएका छन्।
एसियन पब्लिकेशनले प्रकाशन गरेको कक्षा ७ र ८ को ‘हेल्थ फिजिकल एजुकेसन’ पुस्तकमा मारवाडी समुदायलाई होच्याउने शब्दले गम्भीर बनाएको उनले उल्लेख गरेका छन्। विज्ञप्ति मार्फत् डा कोइरालाले पाठ्यक्रम विकास केन्द्रको चरम लापरबाही देखिएको जनाएको छ।
नेपालको संविधानमा जातजाति, भाषा, धर्म तथा संस्कृतिका आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने प्रावधानको डा कोइरालाले स्मरण गराएका छन्।
कुनै पनि समुदायलाई अपमान गर्ने शब्दहरू प्रयोग भए त्यो स्वीकार्य नहुने उनले प्रष्टाए।
उनले उक्त प्रकाशन र पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्।
साथै, डा कोइरालाले उक्त पुस्तक बिक्री वितरणमा तत्कालै रोक लगाउन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।