उदयपुर– उदयपुरको चौदण्डी नगरपालिकाको कालिखोला र लामाखोलाको दोभानमा रहेको क्रसरमा १० जना कामदार अलपत्र परेका छन्।
अविरल वर्षााका कारण नदीमा आएको बाढीका कारण उनीहरू अलपत्र परेका हुन्।
अलपत्र पर्नेमा ५ जना भारतीय र ५ जना नेपाली रहेका छन्।
क्रसरको गार्ड मन कुमार तामाङलाई भने बगाएको आशंका स्थानीयले गरेका छन्।
अलपत्र परेकालाई डोरी लगाएर स्थानीयद्वारा उद्धार गर्ने प्रयास भइरहेको प्रजिअ ध्रुवबहादुर खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।