काठमाडौं– कमला नदी जलाधारमा भारी वर्षासँगै खतरा तह भन्दा ज्यादै उच्च बहाब सुरु भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ।
सिन्धुली, सिराहा र धनुषाको तटीय क्षेत्रमा अति उच्च सावधानीको अपनाउन शाखाले आग्रह गरेको छ। तटीय होचा स्थानका सबै समुदायलाइ तत्कालै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
कमला नदी (धनुषा) तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको शाखाले जानकारी गराएको छ। वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा सिराहाका स्थानीयलाई शनिबार दिनभर सजग हुन अनुरोध गरिएको छ।
सप्तकोसी नदी चतरामा शनिबार बिहान सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले शाखाले जनाएको छ। सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।