• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गगनको स्पष्टोक्ति : प्रधानमन्त्रीले भन्नुभएजस्तै अरिंगालजस्तो संगठन मप्रति लक्षित छ

64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०७६  २०:४४
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले आफूविरुद्धमा अनर्गल प्रचार भइरहेको प्रष्ट पारेका छन्। उनले गत असार २३ गते साँझ एक अनलाइनमा प्रकाशित समाचार 'गगन थापा अमेरिकी दूतावासका मुख्य सम्पर्क सुत्र'प्रति लक्षित रहँदै उनले सो समाचार नयाँ नभएको बताएका हुन्। उनले विकिलिक्सले २०६८ भाद्र १३ मा सार्वजनिक गरेको सूची नयाँ नभएको खुलाएका छन्। 

'यो खोल्नुपर्ने र खोज्नुपर्ने गर्नुपर्ने विषय नै होइन। उक्त जानकारी सार्वजनिक रुपमै पब्लिक डोमेनहरुमा हाल उपलब्ध छ। जसले पनि सहजै अध्ययन गर्न पाउँछन्। यस्तो अवस्थामा जुन खुलासा भयो, प्रमाणसिहत भनेर जुन रुपमा प्रस्तुत गरियो, उक्त कार्यमा अनलाइन वा पत्रकार कोही पनि झुक्किएका वा पहिलो पटक थाहा पाएर होइन। उनीहरुले त्यसमा रहेका सयौं पानामा गगन थापाबाहेक नेपालका थुप्रै विशिष्ट व्यक्तिहरुका बारेमा जानकारी पाउन सक्छन्, तर उनीहरु अन्य कसैको बारेमा भन्दैनन्। खोट यहींबाट देखियो,' उनले भने।

उनले समाचारमा उल्लेख भएको अमेरिकी राजदूतावासको मुख्य सम्पर्क सुत्रका बारेमासमेत आफ्नो धारणा राखे। उनले 'एक अमेरिकी प्रतिनिधिले आज मात्रै यस बारेमा जानकारी दिँदै यो आफूहरुको सामान्य बोलिचालीको भाषा रहेको बताएका' उल्लेख गरे। यसमा पनि समाचार प्रकाशन गर्ने अनलाइन तथा पत्रकार नझुक्किएको उनको भनाइ छ। 'यसमा पनि उहाँहरु झुक्किनुभएको भए, की एम्बेसी कन्ट्याक्ट खतरनाक कुरा हो भन्ने लागेको भए, त्यही पृष्ठमा भिम रावल, झलनाथ खनाललाई क्लोज कन्ट्या्कट, अझै कृष्णबहादुर महरालाई वर्क डिरेक्ट्ली विथ एम्बेसी, सुजाता कोइराला, विजयकुमार गच्छादार, प्रकाश सरण महत, सुरेन्द्र पाण्डेलगायतलाई की मिनिस्टर भनेर उल्लेख गरिएको छ। यस बाहेक दर्जनौं नेता, व्यापारी, पत्रकारलगायतको बारेमा लखिएको छ तर उनीहरु लेख्दैनन्, भन्दैनन्। यहाँ पनि उनीहरु झुक्किएका होइनन्, झुक्याउँछन्।'

पहिलो संविधानसभा चुनावअघि पार्टीका बारे अमेरिकी दूतावासलाई गोप्य जानकारी दिएको भन्ने कुरा आफूलगायतका नेताहरुले त्यतिबेलै सार्वजनिक मञ्चहरुमा भन्ने गरेको उनले स्मरण गरे।

'यसमा पनि उनीहरु झुक्किएका होइनन्। गगनले भने भनेर राखिएको फोटोको मुनि रहेको मानवअधिकारकर्मी सुवोध प्याकुरेलले यस्तो भन्नुभयो, विष्णु रिमालले यस्तो भन्नुभयो भनेर राख्दैनन्। तत्कालीन परराष्टमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका बारेमा, माधव कुमार नेपाल, पुष्फकमल दाहालले भनेका थुप्रै कुरा र समाचार उनीहरु लेख्दैनन्, थुप्रै भेटघाटका बारेमा उल्लेख गर्दैनन्, उनीहरु झुक्किएका हुन्,' थापाले स्पष्ट पारे।

Ncell 2
Ncell 2

आफूले ग्लोबल लिडरका रुपमा नेपालबाट छानिएर लिएको कक्षाका सम्बन्धमा पनि सबै स्पष्ट रुपमा जान्न सकिने उनले बताए। उनले आफू सक्रिय राजनीतिकर्मी भएको उल्लेख गर्दै आफ्नो सोहीअनुसारको भ्रमण तथा भेटघाट हुनेसमेत उल्लेख गरे। भने, 'म र मेराबारेका कुरा घाम जस्तै छर्लंग छन्।'

उनले आफू लगत्तै बेलायत र भारतको भ्रमणमा जान लागेको जानकारी दिँदै भ्रमण र भेटघाटका सीमाका बारेमा आफू स्पष्ट रहेको र सोहीअनुसार नै निर्णय गर्ने जनाए।

उनले आफूसँग केही साथीहरु रिसाएकोले यस्तो कार्य भएको बताउँदै साथीहरु रिसाए पनि आफूले आफ्नाो कार्य भने गर्न नछोड्ने प्रतिवद्धता जनाए।

'यो विषयबाट यसलाई क्षति पुग्यो भन्ने लागेन भने उनीहरु अर्को विषय सुरु गर्छन्,' उनले भने, 'प्रधानमन्त्रीले केही समयअघि भन्नुभएजस्तै अरिंगालजस्तो संगठन मप्रति लक्षित छ, यी कुनै पनि कुरा मलाई अनौठो लाग्दैन।'

आफू खुल्ला किताव भएको बताउँदै उनले आफ्ना बारेमा र आफ्नो राजनीतिक लक्षका बारेमा समेत सबै कुरा प्रष्ट रहेको बताए। उनले भने, 'उनीहरु यस्ता धन्दा चलाइराख्छन्, यस बारेमा मलाई कुनै चिन्ता छैन।' 

आफूबाट गल्ति, कमजोरी भएमा सुधारका लागि प्रश्न र आलोचना सुन्न तयार भएको बताउँदै उनले यस्ता प्रवृत्तिहरुलाई स्थान नदिऊँ भन्ने मात्रै आफ्नो माग रहेको खुलाए। उनले झुट र भ्रामक समाचारबाट पीडित रहँदै गर्दा पनि केही व्यक्तिले गरेको गलत व्यवहार गरे भन्दैमा फरक मत र आलोचना गर्न पाउने लोकतन्त्रको आधारभूत सिद्धान्त खोसिनु हुँदैन भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे।

'नागरिकले प्रश्न गर्न पाउने अधिकार खोसिनु हुँदैन भनेर लडिरहेको छु,' थापाले भने, 'मेरा बारेमा गलत प्रयोग भइरहे पनि नागरिकले प्रश्न गर्न पाउने अधिकार खोसिनु हुँदैन। यही अधिकार सदुपयोग गर्न नागरिकका लागि मेरो लडाइँ जारी रहन्छ।' (फाइल तस्बिर)

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब ३५ करोडको कारोबार
सिंगो देशको हुन मधेशको माटो ढोग्नुपर्छ भनेर सर्लाही आएँ : गगन थापा
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
सम्बन्धित सामग्री
सिंगो देशको हुन मधेशको माटो ढोग्नुपर्छ भनेर सर्लाही आएँ : गगन थापा ‘म मधेश जाँदैछु किनकि म देश जोड्न चाहन्छु । काठमाडौंका कथाहरू मधेश लगेर सुनाउन चाहन्छु अनि मधेशका कथाहरू, पीडाहरू मधेशका व्यथालाई बु... सोमबार, माघ १२, २०८२
बालेन शाह नेपालगञ्ज पुगे सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् । सुदूरपश्चिम सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आज मतदातालाई सम्बोधन गर्न जान लागेका ह... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब ३५ करोडको कारोबार सोमबार, माघ १२, २०८२
सिंगो देशको हुन मधेशको माटो ढोग्नुपर्छ भनेर सर्लाही आएँ : गगन थापा सोमबार, माघ १२, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सोमबार, माघ १२, २०८२
बालेन शाह नेपालगञ्ज पुगे सोमबार, माघ १२, २०८२
सिन्धुपाल्चोकमा नेपाल-चीन सीमा समन्वय बैठक सम्पन्न सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्