• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : पर्दा पछाडिको प्रेम

64x64
नेपाल लाइभ शनिबार, असार २८, २०७६  १६:१५
1140x725

'खोइ सरु, जिन्दगीले कहाँ पुर्‍यायो। केही बुझ्न सकेको छैन, तर मनभरि अनि मुटुभरि तिमी नै तिमी छौ,' महेश एकोहोरो बोलिरह्यो, 'हो सरु तिमीबिनाको जीवन फिका लाग्छ अनि नमिठो।'

निस्पट्ट रातको एकान्त ठाउँमा महेशले यसो भन्दै गर्दा सरु एकोहोरो टोलाई मात्र रही। 

'कति कुरा तिमीले पनि त गल्ती गर्‍यौ महेश,' दबिएको स्वरमा बोली सरु। 

'तर सरु मैले तिम्रो अभावमा भोगेको जिन्दगी तिमीले सोचे भन्दा धेरै फरक छ। यो समाजले मलाई आफ्नो खुसीमा बाँच्न दिएन। न त तिमीसँग छुटायो न त एक हुन दियो, मात्र घाइते बनायो तर कहिल्यै उपचार नहुने गरी,' महेश यत्ति भन्नलाई खोज्दै थियो तर अब भनेर के हुन्छ? फेरि सोच्यो।

OOO

एक अन्तर्राष्ट्रिय सेमिनारमा हो महेशले सरुलाई भेटेको। अन्तरमुखी स्वभावको महेश खोइ किन हो सरुलाई भेटेपछि बोल्न खोज्यो। महेशको मनमा कुनै स्वार्थ छैन न त सरुप्रति कुनै शारीरिक आकर्षण नै।  त महेश त्यस्तो हट्टाकट्टा र खाइलाग्दो। र पनि दुवै फोनमा गफिन्छन्। दुई सन्तानकी आमा सरु र अविवाहित महेश  कहिलेकाहीँ भेट्छन्। सामान्य औपचारिक सन्चो-बिसन्चो सोधेर छुट्टिन्छन्। 

यो छटपटाइमा बितेका महेशका १४ महिना अनि महेशको यादमा गहिरो डिप्रेसनमा बितेका सरुका दिनहरु। 'मेरो अन्तिम मुख हेर्न आऊ,' एक्कासि महेशले गरेको फोनबाट सरु झस्कन्छे। हतारहतार अस्पताल पुगेकी सरु घाइते महेशलाई देख्छे। 

'हेर् सरु, अब म तँसँग बस्दिनँ। मैले आफ्नो बन्दोबस्त गरेँ,' प्रतापले यसै भन्यो। प्रताप, जो सरुको श्रीमान् हो तर आजसम्म उसले श्रीमान्‌को भूमिकामा देखिएको सरुलाई थाहा छैन। थियो एक समय तर त्यो धेरै टाढा पुगिसक्यो। जुन दिन सरुले प्रतापको मोबाइलमा कुनै एक युवतीसँग प्रतापले अँगालो हालेको फोटो देखी। 'यस्तो नगर्नुस् प्लिज, यो दुई सन्तानको मुख हेर्नुस्,' सरुले सम्झाउन कोसिस गरी। तर यो सबै मिथ्या साबित भयो, जब सरुले रंगेहात फेला पारी।

Ncell 2
Ncell 2
nimb
nimb

'हेर न, यस्तो पो गर्दैछ,' सरुले चोट बिसाउने र मन हल्का गर्ने उद्देश्यसहितको पीडा पोखी महेशसँग। उसले सुनी मात्र रह्यो। सरुको महेशप्रति कुनै आस होइन न त महेश सरुप्रति आकर्षित नै छ। जब सरुले बिस्तारै मनका पीडा पोख्न थाली महेश सरुप्रति सद्भाव र भरोसा प्रकट गर्न थाल्यो। महेश अब सरुलाई भित्रदेखि माया गर्छ तर उसको मनमा शारीरिक आकर्षणको कुनै गुन्जायस छैन। मात्र ऊ नजिकको साथी भएको छ। 

एक नाम चलेको गैरसरकारी संस्थामा कार्यरत महेश मेहनती छ, बनावटी जान्दैन अनि व्यावहारिक छ। आफूले सकेसम्म सरुले भनेको कुरा नाइँ भन्न सक्दैन। जसरी पनि क्षमताले भ्याएसम्म पूरा गर्न खोज्छ, त्यो पनि बिनास्वार्थ।

'हेर है, रुँदै फोन गर्ने भए तिमीलाई जिन्दगीभरि भेट्दिनँ म,' सरुको रुखो स्वरले झन् उसलाई विछिप्त बनायो। कसैसँग यो पीडा पोख्न पनि सक्दैन किनकि उसलाई थाहा छ यो कुरा कसैलाई भनेर फाइदा छैन।

'जाऔं हिँड नेपाल छोडेर,' सरुले एक्कासि त्यसो भन्दा महेश आज स्तब्ध भयो। उसको बढुवा हुनेवाला छ। भर्खरको जागिरे महेश हच्कियो। उमेर कम भयो क्यारे त्यसैले पनि सहि निर्णय लिन सकेन। 

Xtrem

Xtrem

सरु गम्भीर थिई तर महेश अलि चञ्चल। 'म तिमीलाई छोड्न सक्दिन सरु। भन अब के गरौं? नेपाल नछोडे पनि यहीँ कसरी बस्ने भन,' आज महेश यही प्रस्ताव लिएर सरुको नजिक जाँदैछ तर खोइ किन हो सरुले भेट्ने मन नै गरिन। महेश निराश भयो। सानोसानो कुरामा पनि झर्कने सरुको बदलिएको स्वभाव देखेर महेश छक्क पर्‍यो। न त खुलेर भन्छे न त त्यसको कारण थाहा हुन्छ महेशलाई। सरुप्रति महेश किन यत्ति धेरै कमजोर छ। ऊ सोच्न सकिरहेको छैन। 

कुनै केटीप्रति खुलेर बोल्दैन महेश तर सरु उसको सबथोक हो। आखिर जे भए पनि माया हो। पटकपटक सरुको यादमा भक्कानिएर रुन्छ महेश। रुँदै फोन गर्छ। 'हेर है, रुँदै फोन गर्ने भए तिमीलाई जिन्दगीभरि भेट्दिनँ म,' सरुको रुखो स्वरले झन् उसलाई विछिप्त बनायो। कसैसँग यो पीडा पोख्न पनि सक्दैन किनकि उसलाई थाहा छ यो कुरा कसैलाई भनेर फाइदा छैन। बरु आफै समाप्त भएर जान्छु तर सरु र मेरो सम्बन्धको विषयमा कतै मुख खोल्दिनँ। उसले मनमनै प्रतिबद्धता व्यक्त गर्छ।

माया पनि गन्तव्यमा पुग्छ र? यो प्रश्नको जवाफ नहुन सक्छ। धन होइन मनलाई माया गर्ने सरु अनि नि:स्वार्थ माया गर्ने महेश दुवैको माया दुवैका लागि कति छ कति, त्यसको कुनै लेखाजोखा छैन। तर कसैले नदेखेको पर्दा पछाडिको माया। पर्दा पछाडिको जिन्दगी।

'सरु किन मसँग बोल्दिनौं? के भो भन त?' महेश पटकपटक यही प्रश्न दोहोर्‍याउँछ। दिनमै ३/४ पटक फोन सम्पर्क हुने गर्थ्यो तर अब ३/४ दिनमा एक पटक। अझ सरु भन्छे, 'फोन गरेकै छु त।' तर बोलीमा अलि कडापन छ, औपचारिकता छ। कतै अब मसँग टाढिनलाई यसो गरेकी त होइन? महेश सोचमग्न भयो। आज फेरि महेशले फोन गर्‍यो सरुलाई तर सामान्य औपचारिकता मात्र। छिटो भावनामा बग्ने र चञ्चल मनको महेशमा छटपटी सुरु भयो। सोच्ने गर्छ, आखिर गल्ती कहाँ भयो। मन त दुख्छ कहिले तिम्रो अभावले अनि कहिले वचनले… यस्तै सोच्यो उसले। 

‘हिँड सपिङ जाँऔं,’ महेशको प्रस्ताव पनि सरुले ठाडै अस्विकार गरी। न सरु कुरा प्रस्ट पार्छे न महेश मनको कुरा बुझ्न सक्छ। 

जिन्दगी मोडियो महेशको। 'सरु तँ कहाँ छेस्, किन भेट्न मन गर्दिनस्?' महेशलाई सोध्न मन लाग्यो तर जवाफ उस्तै छ। फेरि रोयो महेश आँखा सुन्निने गरी। 'म कहाँ गलत थिएँ, प्लिज भन न,' उसको मनमा यही प्रश्न आइरह्यो, 'कि त प्रस्ट भन्नुपर्छ। नत्र किन यो व्यवहार। यो छटपटाइमा बितेका महेशका १४ महिना अनि महेशको यादमा गहिरो डिप्रेसनमा बितेका सरुका दिनहरु। दुवैलाई सहज कहाँ छ? न त सरुलाई बिर्सन मन छ न त महेशलाई। अब झन् कसरी भेटौं, के भनौं, कसरी सम्झाऊँ वा कुन बहानाले सरुलाई फोन गरौं? यही छटपटीमा बितेका महेशका दिनरात अनि उस्तै गरी बितेका सरुका १४ महिना।

'मेरो अन्तिम मुख हेर्न आऊ,' एक्कासि महेशले गरेको फोनबाट सरु झस्कन्छे। हतारहतार अस्पताल पुगेकी सरु घाइते महेशलाई देख्छे, १४ महिनापछि। 

ऊ दुर्घटनामा पर्‍यो र सबैभन्दा पहिले सम्झियो सरुलाई नै। सरु महेशको हात समातेर रुन थाली। महेशले सरुको निधारमा मायालु चुम्बन गर्‍यो। आज यी दुईको भेट कम्ती रमाइलो छैन। महेशको मायाले एक कल फोनमा नै उसलाई अस्पतालसम्म डोहोर्‍यायो। सरुलाई देखेर महेश नि:शब्द छ। मनमनै सोच्यो, 'अब फेरि सरुलाई पहिले जस्तै र त्योभन्दा बढी माया गर्छु।' 

आफ्नै भएर हो कि महेश यस्तै जिस्क्याउँछ सरुलाई। महेश राम्रो छ कि नराम्रो? सरु भन्दिन। 'तिमी व्यावहारिक छौ,' सरु यत्ति भन्छे। महेश बनावटी कुरा गर्न सक्दैन न त सरुमा त्यो कतै झल्कन्छ।

आखिर जे भए पनि माया त माया हो। सरु जवाफ खोज्छे महेशसँग तर प्रस्ट कारण छैन। कुन दिन के दशा लागेर छुट्टिनुपर्‍यो भन्ने मात्र ऊ सोच्छ। 'सरु तिमी मेरो साथमा भएको भए...' त्यसपछिका उही माया, उही भेटघाट सबैसबै आत्मीय छन् दुवैका लागि। महेश सरुका हर इच्छा जसरी पनि पूरा गर्न खोज्छ। सरु महेशको माया देखेर भन्ने गर्छे, 'साँच्चै तिमी अरु आम केटाभन्दा फरक छौ।' 

माया पनि गन्तव्यमा पुग्छ र? यो प्रश्नको जवाफ नहुन सक्छ। धन होइन मनलाई माया गर्ने सरु अनि नि:स्वार्थ माया गर्ने महेश दुवैको माया दुवैका लागि कति छ कति, त्यसको कुनै लेखाजोखा छैन। तर कसैले नदेखेको पर्दा पछाडिको माया। पर्दा पछाडिको जिन्दगी। र त महेश भन्ने गर्छ, 'देखिएको र भोगिएको जिन्दगी फरक छ सरु। आखिर बाँच्नु कति छ, भो मेरो नजरबाट टाढा नजाऊ। गयौ  भने पनि जीवनको अन्तिम क्षण तिम्रै अनुहार हेरेर मर्न मन छ। मेरो माया नबिर्स। तिमीलाई जिन्दगीभरि बिर्सनेछैन।'

महेशले गैरसरकारी संस्थाको जागिर पनि छोड्यो। अहिले ऊ दोबाटोको बटुवा जस्तै छ। तर फेरि सम्झन्छ, 'सरु मेरै हो, त्यसकै मुख हेरेर पनि बाँच्छु। मेरो नजरबाट टाढा नजाओस्। खोइ किन हो असाध्यै राम्री देख्छु।' आफ्नै भएर हो कि महेश यस्तै जिस्क्याउँछ सरुलाई। महेश राम्रो छ कि नराम्रो? सरु भन्दिन। 'तिमी व्यावहारिक छौ,' सरु यत्ति भन्छे। आखिर दुवैको माया राम्रो हो कि? 

महेश बनावटी कुरा गर्न सक्दैन न त सरुमा त्यो कतै झल्कन्छ। तर दुवै एकापसमा असाध्यै माया गर्छन्। सरु कसरी खुसी हुन्छे, महेशको मनमा यही कुराले डेरा जमाएको छ। तर नेपाली समाजमा पक्कै पनि सरु-महेशलाई जति सजिलो छैन। कसैको धन सम्पत्तिले सरुलाई आकर्षित गर्न सकेन, न त महेशलाई अरु कसैको रुपले। त्यसैले त दुवै सोच्ने गर्छन्, 'हाम्रो माया साँच्चै फरक छ। नि:स्वार्थ छ।'

सरु मनका सबै पीडा महेशसँग पोख्छे। आखिर दुवै-दुवैलाई कति माया गर्छन्, पर्दा पछाडि रहेर। यहीँ विशाल मायालु संसार छ। उनीहरु एकापसमा प्रश्न गर्छन्, 'आखिर केले छेकेको छ, पखेटा फटफटाएर स्वच्छन्द उड्न?'

(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।)

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्