• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पब्लिक फिगर भएपछि मान्छेले घेर्ला भनेर किन डराउने : राजेश हमाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, असार २३, २०७६  १७:१५
1140x725

अभिनेता राजेश हमालको नेपाली फिल्म यात्राले 'सिल्भर जुब्ली' मनाएको पनि धेरै भइसक्यो। यो यात्रामा उनले सयौं फिल्म खेले। थुप्रै उपनाम कमाए। लाखौं प्रशंसक पाए। कसैले राजेश दाइ, कसैले शंकर त कसैले 'महानायक' भनेर फुरुंग बनाइदिए। 

तीन वर्ष भयो, अहिले उनी  फिल्ममा देखिएका छैनन्। 

फिल्म संख्या पातलिँदै गएपछि अहिले उनलाई अहिले प्रायःले सोध्छन्, 'नयाँ फिल्म कहिले आउँछ?' 

यो सँगसँगै अर्को एउटा प्रश्न पनि छ, जसलाई उनले पटकपटक झेलिरहनुपरेको छ–

'बाबु कहिले बन्ने हो?' 

कुनैबेला उनलाई यही प्रश्न सोध्दा चिरपरिचित हाँसोसहित ठट्यौली जवाफ दिएका थिए, 'म जवान छु, मधु जवान छिन्, खेती आफ्नै हो। विस्तारै भइहाल्छ।' 

यसपल्ट बिलकुल अनौपचारिक भेटघाटका क्रममा उनलाई नेपाल लाइभकर्मी अनिल यादवले 'क्याजुअल' शैलीमा केही प्रश्न र जिज्ञासा राखेका छन्। 

अब फिल्म नखेल्ने? 
'बागमती' र 'शकुन्तला' फिल्म असफल भएपछि म अब फिल्म छनोटमा गम्भीर छु। फिल्म खेल्नका लागि मात्रै म फिल्म खेल्दिनँ। त्यसरी त कति फिल्म खेलियो, खेलियो। मेरा पछिल्ला यी दुवै फिल्म पनि नयाँ शैलीमा बनाइएका थिए तर नयाँ शैलीमा बनाएको भन्दैमा सबै राम्रा नहुने रहेछन्। 'बागमती' पूरा केरलाको टिम, केरलाकै निर्देशक, खर्च पनि राम्रै गर्ने भन्ने थियो तर अन्तिम परिणाम भने सोचेभन्दा फरक भयो। फिल्म नै अधुरो भयो। त्यस्तै, 'शकुन्तला'मार्फत् पहिलोपल्ट स्वास्नी मान्छेको अवतार गरेँ। कलाकार सधैं नयाँ भूमिकाको लोभी हुन्छ तर यसको पनि पूरा फिल्म स्तरीय भइदिएन। त्यसपछि म अलि निराश भएको हुँ र सतर्कता अपनाइरहेको छु। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मको अफर त टन्नै आइरहेको होला?
अफर त आइहाल्छ नि। तर, स्क्रिप्ट नै चित्त बुझ्दैन। मलाई सुहाउँदा भूमिका नै भेटेको छैन। स्क्रिप्ट पनि कति रमाइलो–रमाइलो आउँछन् भने एकपल्ट त एउटा टिमले 'राजेश हमालको छोरा जन्मियो' नाममै स्क्रिप्ट लिएर आएको थियो। मैले यो टाइटलमा फिल्म बनाउने हो भने त मलाई राख्नै पर्दैन नि, अरुलाई नै राख्दा हुन्छ भनेर भन्दिएको थिएँ। 

कलाकारिता गर्दा आफ्नो करिअरदेखि सन्तुष्ट भएँ कि भइनँ भन्ने महत्वपूर्ण कुरा हो। सुपरस्टार या महानायक त्यो त अरुले माया गरेर दिने नाम हो। त्यो त सुनमा सुगन्ध हो।

राजेश हमालका लागि सफलता भनेको के हो?
मलाई सफलता भनेको जिम्न्यास्टिकको 'स्प्रिङ बोर्ड' जस्तै लाग्छ। उडान लिएपछि फेरि आउनुपर्ने जमिनमै हो। अनि, फेरि उडान लिन खोज्ने हो। एउटा बिन्दुमा सक्सेस (सफल) हुँदैमा हरेक कुरामा सक्सेस भइन्न । एउटा लाइफलाई सार्थक बनाउन हरेक कुरामा सक्सेस हुँदै जानुपर्छ।

Xtrem

Xtrem

आफ्नो करिअर अवधिभर आलोचनालाई लिएर कहिल्यै 'रि-एक्टिभ' देखिनुभएन। आलोचना सुन्दा रिस उठ्दैन?
मान्छेको जीवनमा प्रशंसा र आलोचना दुवै हुन्छ भन्ने मैले राम्रोसँग बुझेको छु। अहिले अवस्था यस्तो आइसकेछ कि मभन्दा पनि बढ्दा प्रख्यात मेरो छवि भइसकेछ। त्यसैले मलाई लिएर बन्ने विम्ब, ट्रोल, जोक्स सबै कुरालाई म सकारात्मक रुपमै लिन्छु। इन्टरटेन नै गर्छु। 

आफूमाथि बनेका ट्रोलहरु देख्दा कस्तो लाग्छ?
म त हाँस्छु। एकपल्ट एउटा ट्रोल देखेको थिएँ, जहाँ मलाई ढलेको रुखसँग कम्पेयर गरिएको थियो। हेरेर निकै हाँसेको थिएँ।

भर्खर त २५ वर्ष लागेँ (हाँस्दै)। अलिकति बुढेसकाल लागोस, दुई-चार वटा अनुभव गरौं। दुई-चार वटा केही गरौं। त्यसपछि आत्मकथा लेखौंला नि। 

फिल्मवृत्तमा अचेल 'सुपरस्टार'को ट्याग खुब चल्तीमा छ। तपाईंलाई सोध्न मन लाग्यो– खासमा यो सुपरस्टार हुनु भनेको के हो?
कुनै पनि व्यक्तिले कुनै पनि काम गर्छ भने त्यो कामको परिणामबाट तपाईं सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न? अनि, जसको लागि त्यो काम गर्नुभयो, उहाँहरु सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न? कलाकारिता गर्दा आफ्नो करिअरदेखि सन्तुष्ट भएँ कि भइनँ भन्ने महत्वपूर्ण कुरा हो। सुपरस्टार या महानायक त्यो त अरुले माया गरेर दिने नाम हो। त्यो त सुनमा सुगन्ध हो।

सुनिन्छ, पहिलेपहिले तपाईंलाई भेट्न निकै मुस्किल पर्थ्यो। अचेल सार्वजनिक स्थानमा सहजै भेटिन्छ… 
म अहिले कस्तो निष्कर्षमा पुगेको छु भने कि त अचानोमा टाउको नराख्नु, राखेपछि खुकुरीसँग किन डराउने? तपाईं पब्लिक फिगर पनि हुने अनि बाहिर हिँड्दा मान्छेले घेर्ला भनेर पनि डराउने? म प्राइभेटमा अति प्राइभेट अनि बाहिर हिँडेपछि एकदमै घुलमिल हुन रुचाउँछु। फिल्ममा चाहिँ भरियाको भूमिका निर्वाह गर्ने अनि बाटोमा भरिया देख्दा भाग्ने? यो त कसरी राम्रो भयो र! प्रत्युत्पादक भइगयो नि। जसरी म प्रधानमन्त्रीसँग गफ गर्छु, त्यसरी ऊसँग पनि गफ गर्नुपयो नि। फिल्ममा मात्रै आदर्शवादी देखिएर भएन जस्तो लाग्छ। बाहिर पनि त्यस्तै हुन सक्नुपर्छ। पब्लिकले हामीलाई त्यसै आदर्श मानेका हुँदैनन्। त्यसैले हामी कलाकारले पनि उनीहरुको प्रेम र आदरको सम्मान गर्न सक्नुपर्छ।

तपाईंका जबर्जस्त प्रशंसकहरुलाई पक्कै थाहा छ, तपाईंको ब्यागमा पुस्तक छुट्दैन। कस्तो पुस्तक बढी पढ्न रुचाउनुहुन्छ?
म पछिल्लो समय जीवन जिउन सिकाउने पुस्तक बढी पढिरहेको छु। जीवन दर्शनसँग जोडिएका पुस्तकले सुखी र गतिशील बनाउन प्रेरणा दिन्छन्। मैले पढ्ने पुस्तक जीवनदर्शन र अपलिफ्टिङवाला नै हुन्छन्।

२५ वर्षअघि काठमाडौंलाई भवनभन्दा बढी मन्दिरहरुको सहर भनिन्थ्यो। अहिले त मन्दिर कहाँ पुग्यो, कहाँ। काठमाडौं हामीले भताभुंग बनायौं। 

आत्मकथा लेख्ने सोच छैन?
भर्खर त २५ वर्ष लागेँ (हाँस्दै)। अलिकति बुढेसकाल लागोस, दुई-चार वटा अनुभव गरौं। दुई-चार वटा केही गरौं। त्यसपछि लेखौंला नि। 

तपाईंको एउटा गोप्य कुरा, जो दर्शकलाई थाहा छैन…
दर्शकलाई मेरा प्रायः सबै कुरा थाहा नै होलान्। थाहा नभएको मेरो भ्रमण रुचि हुन सक्छ। म असाध्यै भ्रमण गर्न रुचाउँछु। बेलाबेलामा म नितान्त एक्लै देशविदेश भ्रमण गरिरहेको हुन्छु।

अहिलेसम्म घुमेका मध्ये लोभ्याएको ठाउँ?
धेरै देश घुमेँ तर प्राकृतिक हिसाबले मलाई नेपाल नै मन पर्छ। सुरुसुरुमा विदेशको सहर पुग्दा रमाउँथे। अहिले त्यो फेजबाट म बाहिरिइसकेँ। अहिले नेपालको डाँडाकाँडाबाट रमाउँछु। मलाई प्राकृतिक चिज बढी मन पर्छ। प्रकृतिप्रेमी छु। खानपिन पनि नेचुरल मन पराउँछु। म ससानो बहानामा पनि पोखरा गइरहन्छु। पोखरा असाध्यै मन पर्छ। अहिलेसम्म पोखरा बिग्रेको छैन, जति हाम्रो काठमाडौं बिग्रियो। पहिलेपहिले म स्कुल पढ्दा काठमाडौंमा हरियाली थियो। २५ वर्षअघि काठमाडौंलाई भवनभन्दा बढी मन्दिरहरुको सहर भनिन्थ्यो। अहिले त मन्दिर कहाँ पुग्यो, कहाँ। काठमाडौं हामीले भताभुंग बनायौं। 

खानपिनप्रति कत्तिको सौखिन हुनुहुन्छ?
म असाध्यै सादा खाना खान्छु। त्यसैले मान्छेको भोज, पार्टीमा जाँदा पनि सकेसम्म नखाई फर्किन्छु। तेल, मसला ,खुर्सानी बढी हालेको खाना मन पर्दैन। हरियोपरियो, सागपात, माछा मासु, गेडागुडी मन पर्छ। ढिँडो पनि मन पर्छ।

(तस्बिर : निमेष जंग राई/नेपाल लाइभ अर्काइभ)

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्