काठमाडौं- सरकारले नेपालको पर्यटन प्रवर्द्धन र भिजिट नेपाल २०२० लाई लक्ष्य गर्दै आइफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने निर्णय गरेको छ।
अवार्ड आयोजन कार्यक्रमको संयोजना गर्ने जिम्मा पर्यटन बोर्डलाई दिएको छ। साथै काठमाडौं महानगरपालिककालाई सह–आयोजकको रुपमा निजी क्षेत्रको सहयोगका लागि कमिटी पनि गठन गरिरहेको छ।
तर सरकारको यो निर्णय विवादित बनेको छ। नेपाली फिल्म प्रवर्द्धनका लागि केही गर्न नसक्ने सरकारले भारतीय फिल्म अवार्ड गर्न एक अर्ब रुपैयाँ खर्च गर्न लागेको भन्दै विरोध भएको हो।
के हो यो आइफा अवार्ड? यसले नेपालको पर्यटन प्रवर्द्धनमा कस्तो सहयोग गर्छ? अवार्ड आयोजनाको लागतको विषयलाई लिएर किन विवाद भयो भने विषयमा नेपाललाइभका सुमन शर्माले नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीसँग गरेको भिडियो कुराकानीः
भिडियो : सौरभ रानाभाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।