• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

'आत्महत्या गर्छु तर ऋण लिन्न' भन्ने इमरान खानको नियन्त्रण बाहिर कसरी पुग्दैछ पाकिस्तानी अर्थतन्त्र?

64x64
नेपाल लाइभ बिहीबार, असार १२, २०७६  १४:४९
1140x725

काठमाडौं- पकिस्तानको अर्थ व्यवस्था हरेक दिन नयाँ संकटमा फस्दै गएको छ। अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपी बुधबार १ सय ६४  रुपीसम्म पुगेको थियो। यो बैकिङ च्यानलभित्र भएको मूल्य थियो। त्यस्तै खुल्ला बजारमा पनि १ सय ६० रुपी पार गरेको छ।

बुधबारलाई आधार मान्दा पाकिस्तानी मुद्रा एक डलरको तुलनामा ७.२ रुपीले कमजोर भएको थियो। पाकिस्तानको अर्थ व्यवस्थामा पहिलेदेखि नै मन्दी छाएको छ। यो संकट थप गहिरिँदै गएको छ। पाकिस्तानी रुपी यसपटक इतिहासमै पहिलो चोटि न्यून अवस्थामा पुगेको हो।

पाकिस्तानमा यो साता सुनको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रति १२ ग्राम सुनको कारोबार ८० हजार ५ सय रुपीमा भएको छ। पाकिस्तानको विदेशी मुद्रा भण्डारसमेत ७.६ अर्ब डलरको निक्कै तल्लो स्तरमा झरेको छ।

पछिल्लो साता स्टेट बैंक अफ पाकिस्तान (एसबिपी)का गर्भनर डा रजा बकिरले भनेका थिए, ‘रुपीमा भइरहेको यो गिरावट केही समयका लागि मात्रै देखिन्छ।’

पाकिस्तानमा आर्थिक मन्दिको सुरुवात जुन ३ बाट सुरु भएको हो र यो अनुपात अहिलेसम्म ९ प्रतिशत अर्थात् १३.५८ रुपीसम्म कमजोर भएको छ।

पाकिस्तानमा चालू आर्थिक वर्ष ३० जुनमा समाप्त हुँदैछ। गभर्नर बकिरले अन्तर्राष्ट्रिय भुक्तानी चालू आर्थिक वर्षभित्रै गरिसक्नुपर्ने भएकोले यो अवस्था आएको बताए। 'यो गिरावट यसकारण देखिइरहेको छ की ३० जुनसम्म कम्पनीहरुले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी गर्नुपर्ने हुन्छ। जसका लागि उनीहरुलाई डलरको आवश्यकता परेको छ। तर, आवश्यक मात्रामा डलर नहुँदा यो समस्या आएको हो,' उनले भने।

इमरान खान प्रधानमन्त्री भएपछि पछिल्लो १० महिनामा पाकिस्तानी रुपीमा २९ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्ष १८ अगस्टमा पाकिस्तानी रुपी डलरको तुलनामा १२३.३५ थियो। मे २६, २०१९ मा आइपुग्दा यो आँकडा १६० को बिन्दुमा पुगेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

पकिस्तानको इतिहासमा यति छोटो अवधिमा यति ठूलो गिरावट पहिलो पटक भएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग ६ अर्ब डलर ऋण सम्झौतापछि पाकिस्तानी रुपीमा झनै गिरावट हुनसक्ने आँकलन गरिएको छ।

‘रुपी यो वर्षको अन्तिसम्म १ सय ७५ देखि १ सय ८० सम्म पुग्नसक्ने देखिन्छ,’ पाक–कुवेत इन्भेस्टमेन्टका एबिपी अनुिन्धानकर्ता अदनान शेखले भने, ‘रुपीको थप अवमूल्यन हुने तय छ, यसलाई रोक्न सकिँदैन, आज वा भोलि यो अवमूल्यन निश्चित छ। भुक्तानीका लागि डलरको माग बढिरहेको छ। तर, तत्काल पाकिस्तानसँग प्रयाप्त डलर छैन। यस्तो अवस्थामा डलर खरिद गर्नुपर्छ। यसरी डलर खरिद गरेमा अवश्य नै रुपीमा गिरावट आउनेछ।'

इमरान खान सरकारमा आउनुभन्दा अघि गिरावटलाई लिएर निक्कै आक्रामक सुनिन्थे। तर, अहिले स्वयम् उनी लाचार देखिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इमरानको हातबाट फुत्किँदै हालत
आर्थिक संकटलाई मध्यनजर गर्दै १० जुनमा राष्ट्रको नाममा सम्बोधन गर्दै सवै पाकिस्तानी नागरिकलाई ३० जुनसम्म आफ्नो सम्पत्ति घोषणा गर्न आह्वान गरेका थिए। उनले वैध र अवैध सम्पत्तिको फरक छुट्टाउन यस्तो घोषणा गरेका हुन्।

उनले ३० जुनसम्म बेनामी सम्पत्ति, बेनामी बैंक खाता तथा विदेशमा राखिएका सबै सम्पत्ति सार्वजनिक गर्न आह्वान गरेका थिए। सोपश्चात् सकैलाई यो सुविधा नमिल्ने पनि उनले स्पष्ट पारेका थिए। अवैध सम्पत्तिमार्फत आर्थिक मन्दी रोक्ने इमरानको एकमात्र लक्ष्य थियो।

‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट बढेर ३० हजार अर्ब पुगेको छ। हामी हरेक वर्ष ४ हजार अर्ब रुपी राजश्व असुल गर्दछौं, यसको आधा रकम ऋणको किस्ता तिर्नमै सकिने गरेको छ। बाँकी बचेको रकमले देशको खर्च धान्न मुस्किल छ,' खानले भने, 'पाकिस्तान दुनियाँभरमा सबैभन्दा कम राजश्व असुल्ने देशभित्र पर्छ। तर, तिमध्येबाट पनि पाकिस्तानमा खर्चको बोझ धेरै छ। यदि हामी तयार भयौं भने हरेक वर्ष हामी १० हजार अर्ब जम्मा गर्न सक्छौं।'

आइएमएफको सर्त
पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)बाट ६ अर्ब डलर ऋण लिँदै छ। यस सम्झौताका आधारमा इमरान सरकारले आफ्नो अर्थनीतिलाई आइएमएफको सर्तअनुसार अगाडि बढाउनेछ।पाकिस्तानमाथि अबको १२ महिनामा ७ सय अर्ब रुपीको फन्ड जुटाउनुपर्ने बाध्यता छ।

आइएमएफले पाकिस्तानलाई खर्चमा कटौती र करमा बढोत्तरी गर्न सुझाएको छ। पाकिस्तानको आगामी बजेट यस अर्थमा पनि ऐतिहासिक हुने अनुमान गरिएको छ। जसले पाकिस्तानको आर्थिक भविष्य समेत निर्धारण गर्नेछ। आर्थिक संकटसँगै पाकिस्तानमा धनी र गरिबका बीचमा गहिरो खाडलसमेत देखिएको छ।

पाकिस्तानका सहरहरु कराँची, लाहौर र इस्लामाबादका बजारहरुको अवस्थालाई हेरेर पनि यहाँको आर्थिक विषमतालाई अन्दाज गर्न सकिन्छ। केही वर्षयता यी सहरमा अटोमोबाइलका ठूला-ठूला शो-रुमहरु खुलेका छन्। जबकि यीनै सहरका छेउमा रहेका अधिकांश जनताहरु भने दैनिक गुजाराका लागि संघर्ष गरिरहेका देख्न सकिन्छ।

पाकिस्तानमा मुस्लिम लिगको पछिल्लो सरकारले आफ्नो आर्थिक सर्भेमा कसरी आयात र निर्यातको बीचमा अन्तर लगातार बढिरहेको छ भन्ने उल्लेख गरेको थियो।

इमारान खानले चुनावी अभियानका क्रममा आफू प्रधानमन्त्री बनेपछि भनेका थिए, 'बरु आत्महत्या गर्न रुचाउँछु, ऋण कदापि लिने छैन।' इमरान प्रधानमन्त्री पनि बने तर उनले ऋणबाहेक अन्य कुनै विकल्प देखेनन्।

घट्दो विदेशी मुद्रा भण्डार
पकिस्तानमा विदशी मुद्रा भण्डार लगातार कम हुँदै गइरहेको छ। हालै भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ७ अर्ब डलर खर्च भएको थियो। जबकि पाकिस्तानमा यही बराबरको विदेशी मुद्रामात्रै बचेको छ। निर्यात निक्कै कम भएको छ भने महँगी भने लगातार बढिरहेको छ।

राजश्व घाटाले आकाश छोइरहेको छ भने भुक्तानी सन्तुलन पनि ट्रयाकभन्दा बाहिर गइसकेको छ।

ऋणको बदलामा आत्महत्याको कुरा गर्ने प्रधानमन्त्री खानको अन्ततः आइएमएफकै शरणमा जान कर लागेको छ। आइएमएफसँग पाकिस्तानले लिन लागेको यसपटकको ऋण २२औं हो। पाकिस्तानको कूल खर्चको ३०.७ प्रतिशत हिस्सा ऋणको किस्ता तिर्दैमा सकिन्छ।

पाकिस्तानको खर्च आयातमा मात्र निरन्तर बढ्दै गएको छ। यसको तुलनामा निर्यातबाट भने केही पनि उपलब्धि हासिल भएको छैन। पाकिस्तानले आफ्नो आर्थिक अवस्था नसुधार्ने हो भने आर्थिक अवस्था टाट पल्टिने खतरासमेत बढेर जानेछ। २०१५ मा पाकिस्तानको चालू खाता घाटा २.७ अर्ब डलर थियो। यो आँकडा २०१८ सम्म पुग्दा १८.२ अर्ब डलर पुगेको छ।

चालू खाता घाटाका कार‌ण पाकिस्तानको व्यापार घाटा बढिरहेको छ। त्यसमाथि चीन-पाकिस्तान इकोनोमिक करिडोर (सिपिइसी)का कारण पनि आयात लगातार बढिरहेको छ। सिपिइसी चीनको महत्वाकांक्षी परियोजना 'वन बेल्ट वन रोड'को एक हिस्सा हो। जसका मार्फत पाकिस्तानमा चीनले ६० अर्ब डलर लगानी गरेको छ।

(यो सामाग्री बिबिसीबाट नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्