• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'कांग्रेस सापनाथ, एमाले-माओवादी विषनाथ र नागनाथ'

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  १०:४८
1140x725

स्पष्ट वक्ता मनिषकुमार सुमन राष्ट्रिय जनता पार्टीका युवा नेता हुन्। उनी सप्तरी-क्षेत्र नं २ (ख) बाट प्रदेश २ को प्रदेशसभाका लागि निर्वाचित भएका छन्। उनले ८ हजार ९ सय ३९ मत पाए भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेशप्रसाद यादवले ४ हजार ९ सय ८६ मत पाए।  

उनका योजना, प्रदेश २ को राजनीति र राष्ट्रिय राजनीतिको अबको कार्यदिशाबारे नेपाल लाइभका हिमविक्रम र दुर्गा दुलालले गरेको कुराकानीः

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दलको हैसियतमा संसदमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ, चुनाव नतिजालाई राजपा नेपालले कसरी लिएको छ?
सन्तोष व्यक्त गर्दछौं, उत्साहपूर्वक परिणाम आएको छ। कार्यकर्ता हौसिएका छन्। तर विभिन्न कमीकमजोरीका खातिर अझ राम्रो परिणाम आउँथ्यो कि जस्तो लाग्छ। केही परिणाम गल्तीका खातिर आउन सकेन। यद्यपि आएको परिणाम उत्साहजनक छ।

नयाँ संविधान, संविधान संशोधन लगायतका विभिन्न आरोह-अवरोहपछि तपाईंहरु निर्वाचनमा जानुभयो। यो चुनावले राजपालाई दिएको म्यान्डेट के हो?
जनताले हिजोसम्म सरकारमा नजाऊ, मन्त्री नबन, तिमीहरु सरकारमा सहभागी हुँदै नहोऊ भन्थे। हाम्रो पार्टी सरकारमा जानैका खातिर विभिन्न पटक विभाजित भयो। ती सबै गल्ती सच्याउँदै हामी एकीकृत भएका हौं। हाम्रो एकीकरणलाई आम जनताले मोहर लगाए।

अर्को, दुई नम्बर प्रदेशमा तिमीहरु सरकार नै निर्माण गर। दुई नम्बर प्रदेशलाई अवस्थित गर, त्यो प्रदेशका सीमांकन, नीति निर्माण, नियम कानुन, त्यसको समृद्धिलाई सबै समस्यालाई समाधान गर भनेर भनेका छन्। जाऊ, गएर सरकार बनाऊ भनेर प्रष्ट जनादेश दिएका छन्। 

केन्द्रीय सरकारको विषयमा हामी प्रस्ट छौं। जनमत पनि हामीलाई त्यही छ। यो संविधान मधेसमैत्री छैन। जनजाति, महिलामैत्री छैन। एकांकी छ। एउटा मात्र वर्ग विशेषलाई फाइदा पुग्नेगरी बनाइएको संविधान हो। यसमा थुप्रै दुविधा छ। प्रयोगका लागि यसलाई राष्ट्रियसभाको नियममै लेख्न बिर्सनु भयो, केपी ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गरेर नयाँ प्रधानमन्त्री चयन गर्ने बेला विधि नै लेख्न बिर्सनुभएको थियो। संविधान धेरै अधुरो अपुरो छ। संविधान संशोधन गर्नुपर्छ भनेर जनताले भोट दिएका छन्। 

एमालेले कोर मधेसमा ५ सयभन्दा बढी भोट कुनै गाउँपालिकामा पाएको छैन, कारण एमाले मधेसविरोधी हो भनेर, संशोधनविरोधी भएर देखिएको हो। आम जनताले दिएको म्यान्डेट भनेको संविधानलाई संशोधन हुनुपर्छ। हामी पनि सरकारमा जाने, समर्थन र विरोध गर्ने भन्ने कुरा त्यही मुल एजेन्डामा आधारित छ। जसले मधेसमैत्री संविधान संशोधन गर्न तम्तयार रहन्छ। संविधान संशोधन गरेर देखाउँछ, हामीले त्यसलाई समर्थन गर्ने हो। केन्द्रीय सरकारमा हाम्रो सहभागिता रहँदैन।

यसअघि समेत संसदमा दर्ता भएको संविधान संशोधन दुई तिहाइ नपुगेर फेल भयो। एमाले पुरानै पोजिसनमा बसेको खण्डमा अब पनि संविधान संशोधन कसरी सम्भव छ? 
नेपाली राजनीतिमा कसैले समेत दुई तिहाइ प्राप्त गरेको छैन, आवश्यकता अनुसार एक-अर्कालाई समर्थन गरेर हिँड्ने प्रचलन छ। संयुक्त सरकारको प्रचलन छ, हाम्रो दुई तिहाइ त छैन। निर्वाचन क्षेत्र र प्रणाली यसरी निर्धारण गरेका छन् कि कुनै पनि हालतम यहाँ दुई तिहाइ पुग्दैन। निर्वाचन क्षेत्रको बनोट अमानवीय र अवैज्ञानिक तरिकाको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भदौको पहिलो हप्ता संविधान संशोधन विधेयकको छिनोफानो गर्दा जारी गर्ने मध्येकै बहुमत सदस्यले संशोधन आवश्यक छ भनेर भोट गरेका थिए। त्यसपछि संविधान अब गीता, बाइबल जस्तो रहेन भन्ने प्रस्ट छ। संशोधन गरिनुपर्छ भन्ने मान्यताबाट सबै स्पष्ट छन्। छिटोभन्दा छिटो गरिनुपर्छ। रह्यो कुरा संख्या बलको कुरा हो, सत्ता अनुसार त्यो संख्या पुग्छ।

संविधान जारी भएपछि एमाले र मधेसकेन्द्रित राजनीतिक पार्टीबीचको संवाद प्रक्रिया बन्द छ। राष्ट्रिय राजनीतिमा एमाले ठूलो दल बनेर आइसकेपछि उसले र राजपाको सम्बन्ध अब कसरी अगाडि बढ्छ?
हामी कुनै पनि पार्टीलाई शत्रु र कुनै पार्टीलाई धेरै मित्र मान्दैनौं। हाम्रा लागि भन्ने हो भने राज्य सञ्चालक कांग्रेस, एमाले र माओवादी सबै सापनाथ, विषनाथ र नागनाथ हुन्। तीन वटै विषवमन गर्ने पार्टी हुन्।

एमाले पार्टी नराम्रो हो भनेर म भन्न सक्दिनँ, त्यसका दस्तावेजहरु पढेको छु। पार्टी त ठिकै छ। त्यसका नेतृत्व र सञ्चालनकर्ताहरु एकाङ्की छन्। त्यहाँ मधेसी, जनजातिको प्रतिनिधित्व नै छैन। पार्टीको आन्तरिक विधानका खातिर केही आसेपासे, पाकेटका कार्यकर्ताहरु नेता बनेर उभिएका छन्। तसर्थ त्यो एकाङ्की नीतिले खसआर्य बाहेकलाई समेत नेपाली देख्दैन। हिजो उहाँले अशिष्ट, असभ्य र असंसदीय मर्यादा देखाएर जसरी मधेसी जनतालाई देखाएर होच्याएका छन्, सम्बन्ध बिगार्ने काम उहाँहरुले गर्नुभएको छ। कसैलाई छालाको रङका आधारमा गालीगलौज गर्ने, कसैका बाउबाजेले लगाएको लुगाफाटाका आधारमा गालीगलौज गर्ने, कसैको सहादतलाई मजाक उडाउने त्यसरी उहाँहरुले मधेसीको चित्त दुखाउने काम गर्नुभएको छ। सम्बन्ध बिगार्ने काम उहाँहरुको हो। राजनीतिमा कुनै चिज अनिश्चितकालका लागि हुँदैन, सम्बन्ध सुधार्ने दायित्व पनि उहाँहरुकै हो, हाम्रो लागि त कोही शत्रु होइन,कोही मित्र होइन। व्यवहार सुधार्नुस्, सम्बन्ध सुध्रिन्छ।

नयाँ बन्ने केन्द्रीय सरकारमा राजपाको भूमिका के रहन्छ? 
हामी सरकार निमार्णमा अहिले तत्पर छैनौं, यद्यपि हाम्रो भूमिका रह्यो भने वामगठबन्धनविरुद्ध सरकार बनाउन सहयोग गर्नेछौं। वाम गठबन्धन यो देशका लागि हानिकारक गठबन्धन हो। यसले देशलाई कम्युनिस्टकरण गर्छ। कम्युनिस्ट सरकार बने यो देश भेनेजुएला, क्युवा र दक्षिण कोरिया जस्तो पनि हुन सक्छ। कम्युनिस्ट सरकार रहे एकदलीय प्रजातन्त्र मात्र रहँदा, बहुदलीय प्रजातन्त्र नाम मात्रको रहन्छ। लोकतन्त्रका थुप्रै स्वतन्त्रताहरुमाथि हनन हुन सक्दछ। तसर्थ नागरिकको हैसियतमा म प्रस्ट भन्छु, वाम गठबन्धन टुट्नुपर्छ। एकल वाम गठबन्धनको कुनै कम्युनिस्ट सरकार हामीलाई चाहिएको छैन। यसले हाम्रो स्वतन्त्रतामाथि हस्तक्षेप गर्न सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय राजनीतिक वृत्तमा नयाँ सरकार गठनको सत्ता समीकरणमा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई समेत जोडिएर प्रचार गरिएको छ, यसमा तपाईंको टिप्पणी के छ? 
गैरवामपन्थी सरकारको नेतृत्व उपेन्द्र यादवजीले गर्नुभयो भने एक जना मधेसका छोरा प्रधानमन्त्री बन्नुभयो। म एक मधेसी कार्यकर्ताभन्दा बढी हर्षित को होला र? तर वामपन्थी गठबन्धनको संगतमा होइन अर्को कुनै समीकरणबाट प्रधानमन्त्री बने, म निकै हर्षित हुनेछु।
 
एमालेको समर्थनमा संघीय समाजवादीले सरकारको नेतृत्व गर्ने समीकरण बनेको खण्डमा राजपाले के गर्छ?
सिद्धान्तको आधारमा एमालेसँग मिल्ने सम्भावना म त देख्दिनँ। एमालेले व्यवहार सुधारोस्, अनि हामी बोलौंला। एमालेको व्यवहार अति नराम्रो छ।

प्रदेश नम्बर २ को सरकार कस्तो बन्छ त? 
जुन मधेस गठबन्धन आफैमा गठबन्धित भएर चुनाव लड्यो, त्यसले १ सय ७ मध्ये ५४ सिट हात पारेको छ, त्यो आफैंमा बहुमत संख्या हो। अरु पार्टी पनि जो हाम्रो संविधान संशोधनको एजेन्डासँग सहमत रहन्छ, जसले संविधान संशोधनप्रति उदारता देखाउँछ, हामी त्यसलाई प्रदेशको सरकारमा समेत सामेल गराउन सक्छौं।

प्रदेश सरकार कसले बनाउँछ? राजपा वा संघीय समाजवादी फोरम? 
मिलेर बनाउँछौ, आपसी सहमतिका आधार बनाउँछौं।

नेतृत्व कसले गर्छ?
जसले समेत गर्न सक्छ। राजपाले पनि गर्न सक्दछ, संघीय समाजवादीले समेत गर्न सक्छ।

चुनावअगाडि धेरै सिट जित्नेले मुख्यमन्त्री र दोस्रो हुनेले उपप्रमुख लिने सहमति थियो भनिन्छ नि? 
एउटा आधार त्यो पनि हो। तर केन्द्रको राजनीति र प्रदेशको राजनीति सबैलाई प्याकेजमा डिल गर्ने हो भने मेरै नेतृत्व हुनुपर्दछ भन्ने अड्डी होइन। नेतृत्व राजपाको समेत हुन सक्दछ।
 
मुख्यमन्त्रीमा तपाईं दाबेदार हो?
राजपाको नेतृत्व आएपछि म त हर्षित हुन्छु नि। राजपाको कार्यकर्ता हुँ। 

तपाईंको नाम चर्चामा छ नि?
मैले अवसर पाएपछि त प्रधानमन्त्री चलाइदिन्छु, मुख्यमन्त्री कुन ठूलो कुरा हो। मुख्यमन्त्रीको निर्णय पार्टीको हाइकमान्ड, गठबन्धन र हाम्रो संसदीय दलले गर्ने हो। तसर्थ उहाँहरुले अवसर दिएको खण्डमा हेर्दै जाऊँ। 

गठबन्धन गरेर चुनाव लड्नु भो, सफल समेत हुनु भो। दुवै मधेसकेन्द्रित पार्टीको आगामी कार्यदिशा के हुन्छ? एकीकृत पार्टी बन्ने सम्भावना छ? 
एकीकरणतर्फ हामी उन्मुख छौं। साँच्चै भन्ने हो भने निर्वाचनमा यो सफलतापश्चात् राजपा र फोरम नेपालका कार्यकर्ताबीच पार्टी एकीकरण गर्नुपर्दछ, अब आन्दोलन मात्र किन सँगै गर्ने, पार्टी सञ्चालन र राज्यसत्ताको सञ्चालन पनि सँगै गर्ने भन्ने सुझाव आएको छ। अर्थात्, एकीकरणतर्फ उहाँहरु बढी उत्सुक देखिनुभएको छ। हामी पनि दोस्रो, तेस्रो तहको नेता एकीकृत पार्टी रहनुपर्दछ, एउटै इस्यु, एउटै सिद्धान्त, आधार क्षेत्र र कार्यक्षेत्र समेत एउटै भएपछि किन पृथकपृथक झन्डा, पृथक अध्यक्ष भन्ने कुरा आएको छ। तसर्थ निकट भविष्यमा हामी पार्टी एकीकरण गर्छौं।
 
टुक्रिएका पार्टीहरु धेरै छन्, नेता धेरै छन्। कुन मोडालिटीमा पार्टी एकीकरण हुन्छ?
अहिले पनि ६ वटा पार्टी एकीकरण भएर राजपा नेपाल बनेको छ। सबैको हैसियत उही राखिएको छ। अब महाधिवेशनमा गएपछि हाम्रो पार्टीसमेत प्रचलित नियम, कानुन अनुसार नै सञ्चालित हुन्छ। एकिकृत हुन्छौं भनेर मनमा इच्छा राख्नुपर्यो, मोडालिटी त भेटिइहालिन्छ नि। 

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्