काठमाडौं- सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा दर्ता गराइसकेको छ। नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहितको विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा छ। विधेयकमाथि अहिले विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ।
विधेयकमार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागू गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन्। राष्ट्रिय केबल टेलिभिजन महासंघले त सोमबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घन्टा विदेशी च्यानल बन्द गरेर विरोध जनाइसकेका छन्।
के हो ‘क्लिन फिड’? यो लागू हुँदा नेपाललाई के फाइदा हुन्छ? केबल तथा डिजिटल टिभी सेवा प्रदायकले भनेको जस्तो नेपाललाई घाटा नै छ त? क्लिन फिड लागू भएपछि ग्राहकले के पाउँछन्? फेरि नेपालीले विदेशी च्यानल हेर्न नपाउने त हैनन्? यस्ता प्रश्नहरु यतिबेला उठिरहेका छन्। यही सन्दर्भमा नेपाल लाइभकी पुष्पा केसीले नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल 'शशि'सँग गरेको भिडियो वार्ता:
भिडियो : सौरभ रानाभाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।