काठमाडौं– सामसुङले एनआईसी एशियाको डेविट कार्ड, क्रेडिट कार्ड र क्युआर कोर्डबाट ग्यालेक्सी एस टेन प्लस, नोट टेन प्लस मोबाइल खरिद गर्दा १० प्रतिशत छुट दिने भएको छ। कम्पनीले एनआईसी एशिया बैंकसँगको सहकार्यमा छुटको अफर ल्याएको हो।
बैंकका उक्त भुक्तानी प्रणालीबाट पैसा तिर्दा १५ प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता छ। यो सुविधा फागुन १६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ। उक्त मोबाइल फोनले नयाँ पुस्तालाई आकर्षित गरेको हुँदा यस्तो अफर जारी गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।