चितवन- नेपालको लागि टिभिएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले चितवनको नारायणघाटमा मेघा एक्सचेञ्ज मेला सञ्चालन गरेको छ।
जगदम्बा मोटर्सले माघ ५ गतेदेखि मेला संचालन गरेको हो। मेलको अन्तिम बिहीबार ग्राहकको उल्लेख्य भिड लागेको आयोजकले जनाएको छ।
जगदम्बा मोटर्सले विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनमा मोटरसाइकल तथा स्कूटरहरु उपलब्ध गराई बिक्रिवितरण गर्दै आएको छ।
ग्राहकको सुविधाको लागि कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर छोडेर जानुस् नयाँ बाइक लिन सकिनेछ।
यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर रोज्ने सुविधा प्राप्त गर्नेछन्।
पहिलो सुविधाअन्तर्गत आफूसँग भएको मोटरसाइकलको बजार भ्यालुएसनमा थप १५ हजार भ्यालुएसन प्राप्त गर्नेछन्।
त्यस्तै दोस्रो सुविधामा बाइक तथा स्कुटर को खरदि मा ७ हजार पक्का नगद छुट प्राप्त गर्ने छन्र तेस्रो सुविधामा शून्य प्रतिशत फाइनान्समा बाइक तथा स्कुटर प्राप्त गर्ने छन्।
यसका अतिरिक्त टिभीएस टु ह्विलर खरिद गर्दा हेलमेट पनि उपहार स्वरूप प्राप्त हुने आयोजकले जनाएको छ।
टिभिएस एन्टर्क रेस एडिसन र एक्सेल हन्ड्रेडमा उल्लेखित स्किम लागु नहुने यो मेघा एक्सचेन्ज अफरबाट ग्राहकलाई फाइदा पुग्ने टिभिएसका रिजनल अफिसर देवेन्द्र ढुङ्गानाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।