पोखरा- पर्यटकीय नगरी पोखरामा बिर्यानी पारखीहरूलाई लक्षित गर्दै 'द बर्गर एन्ड बिर्यानी हाउस' संचालनमा आएको छ।
लेकसाइडस्थित हल्ल्नचोक १७ नं स्ट्रीटमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो।
शुलभ मूल्यमा चिकेन, मटन र हाइद्रावादी दम बिर्यानीको स्वाद लिन पाइने उक्त रेस्टुरेन्टमा दक्ष र अनुभवी कुक र सेफहरुले उत्कृष्ट बिर्यानीसहित आगन्तुकलाई स्वागत गरिने दाबी पनि गरेका छन्।
युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले संचालनमा ल्याएको उक्त बिर्यानी एन्ड बर्गर हाउसमा बिर्यानी र बर्गरका साथै इन्डियन, चाइनिज, कन्टिनेन्टल र नेपाली परिकार उपलब्ध छन्।
नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकलाई स्वस्थ र स्वादिला परिकार पस्कन रेस्टुरेन्ट संचालनमा ल्याइएको संचालक ईश्वरले बताए।
पोखरामा बिर्यानीको लोकप्रियता बढेसँङै सो आवश्यकता पूर्ति गर्ने र सुलभ मूल्यमा रेस्टुरेन्ट आइटम उपलब्ध गराउनु आफूहरूको लक्ष्य रहेको संचालकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।