काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी एक्सचेन्जसहितको मेला जनवरी फेस्ट २०२० संचालन गरिहरेको छ।
फेस्टमा जुनसुकै कम्पनीका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्न सकिने सप्रदीले जाकारी दिएको छ।
एक्सचेन्ज गर्ने उपभोक्तालाई १ लाखसम्मको एक्सचेन्ज बोनस समेत उपलब्ध गराइने सिप्रदीले जनाएको छ।
जनवरी १० देखि जनवरी १२ सम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा आयोजना हुने फेस्टमा टाटाका गाडी खरिद गर्ने एक जोडीलाई सिंगापुर क्रुज टुरको प्याकेज उपलब्ध गराइने छ।
यसका साथै थप आकर्षक सुविधासमेत उपभोक्ताले प्राप्त गर्न सक्ने आयोजकले जानकारी दिएको छ।
फेस्टका अवसरमा ग्राहकले सिप्रदीको शोरुममा टाटाका अत्याधुनिक कारहरूको टेस्ट ड्राइभ गर्न सक्छन्।
टाटाका एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडी टेस्ट ड्राइभ गर्न सक्नेछन्। टेस्ट ड्राइभ गर्नेलाई आकर्षक उपहारसमेत उपलब्ध गराइने सिप्रदीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।