काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाउन नसक्ने जनाएको छ। हवाई इन्धन सप्लाई महाशाखाका प्रमुख तथा निर्देशक दीपक बरालले तत्काल हवाई इन्धनको मूल्य घटाउन नसक्ने बताएका हुन्।
‘सरकारले एलपीजी (खाना पकाउने) ग्यासको मूल्य स्वचालिन बनाउन नदिँदासम्म अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउन सकिँदैन,’ बरालले भने, ‘हवाई इन्धनको फाइदाबाट नै आम उपभोक्ताले प्रयोग गरिरहेको ग्यासको मूल्यमा सहुलियत दिने गरेका छौं।’
नेपाल आयल निगमले छिमेकी राष्ट्रहरुको तुलनमा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकेएल ३ सय डलर बढी लिरहेको बराल स्वीकार गर्छन्। तर, आन्तरिक हवाई इन्धनको मूल्य भने छिमेकी राष्ट्र भारतको भन्दा सस्तो रहेको उनको दाबी छ। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुले इन्धनको मूल्य बढी हुँदा नेपाल हवाई भाडामा महँगो भएको बताउँदै आएका छन्।
नेपाल नागरिक उड्डयन संगठन आइकाओको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित हवाई नीति अन्तर्क्रिया कार्यक्रममा समेत हवाई इन्धनको मूल्यबारे कुरा उठेको थियो। तत्कालीन हवाई विभागमा महानिर्देशक हरिभक्त श्रेष्ठले समेत हवाई इन्धनको मूल्य बढी हुँदा नेपाल विश्वको मंहगो हवाई भाडा भएको देशमा परेको बताए थिए। 'सरकारले ग्यासको मूल्य कम गर्ने वहाना अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढी गर्न मिल्दैन,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली'को अभियान पूरा गर्न पनि पर्यटन क्षेत्रको विकास हुनपर्छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढी गर्ने हो भने या नारा पनि साकार हुँदैन। महंगो हवाई इन्धन मूल्य कै कारण नेपाल एयरलाइन्ससमेत धरापमा परेको उनको भनाइ छ। हवाई क्षेत्रमा इन्धनको भार ३० देखि ३५ प्रतिशत रहन्छ। जसका कारण पनि हवाई इन्धनको मूल्यमा सरकारले तत्काल निर्णय लिनुपर्ने श्रेष्ठको भनाइ छ। तर, नेपाल आयल निगमले भने ग्यासको घाटा बेर्होने नाममा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य विश्व बजारको भन्दा महँगो बनाउने नहुने उनको भनाइ छ।
केही समय अगाडि टर्किस एयरलाइन्सका नेपाल प्रतिनिधिले समेत नेपालको हवाई क्षेत्रको सुधार विषयमा हवाई अन्तरक्रियामा नेपालले हवाई इन्धनको मूल्य समायोजन नगरे उडान नै बन्द गर्नुपर्ने अवस्था आउने बताएका थिए। साथै हिमालय एयरलाइन्सले समेत महँगो हवाई इन्धनको कारण एयरलाइन्सले विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेको बताउँदै आएको छ।
नेपाल एयरलाइन्सले त सरकारसँग बारम्बार हवाई इन्धनको मूल्यमा सहुलियत माग गर्दै आएको छ। नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकारले पनि मंहगो अन्तर्राष्ट्रिय हवाई इन्धनको कारण नेपाल एयरलाइन्सले विश्वका विभिन्न देशबाट नेपाल उडानमा आउने अन्तर्राष्ट्रिय एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेको बताएका छन्।
‘समग्रह हवाई क्षेत्रको विकास र बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजन हुन पर्छ,’ उनले भने, ‘हवाई इन्धनकै कारण नेपाल विश्वको महँगो हवाई भाडा भएको देशको रुपमा चिनिएको छ। यसका लागि सरकारले ग्यासमा दिएको सहुलियत अन्य कुनै शीर्षकबाट मिलान गरेर भएपनि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य विश्व बजारकै रेटमा गर्नु पर्छ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजनमा गर्ने प्रतिबद्धता गरेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजनका लागिसरकारले अध्ययन गरिहरेको छ,’ मन्त्री भट्टराईले भने, ‘नेपालले विश्व बजारमा रहेको हवाई इन्धन मूल्य अनुसार नै इन्धन उपलब्ध गराउने गरिरहेका छौं।’ तर, नेपाल आयल निगमले भने हवाई इन्धनको मूल्य घटेको अवस्थमा यात्रुले सस्तो टिकट पाउने आधार नभएको भन्दै तत्काल मूल्य समायोजन गर्न नसक्ने बताएको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजनका लागि सरकारले ग्यासको मूल्य बढाउने स्वीकृत दिनुपर्ने निगमको अडान छ। अहिले नेपालले दैनिक ६ सय केएय हवाई इन्धनको व्यापार गरिरहेको छ भने ग्यास प्रतिदिन सरदर ९० हजार सिलिन्डर बिक्री गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।