काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्।
यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्।
नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ए पहिलो पटक नेपाल आएको हो।
सिरिजको पहिलो खेल शनिबार हुनेछ। यो सिरिज खेलिसकेपछि नेपाली टोली विश्वकप खेल्नका लागि अमेरिका प्रस्थान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।