काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलको विषयमा सर्वोच्च अदालतमा बहस गर्न आफू तयार रहेकाे बताएका छन्।
सर्वोच्चले निजगढ विमानस्थलको निर्माण कार्य अघि नबढाउन आदेश दिएपछि मन्त्री भट्टराईले अदालतमा आफैं उपस्थित हुन तयार रहेको बताएका हुन्। अन्तर्राष्ट्रिय नागरिक उड्ययनको ७५औं वार्षिकोत्समा बोल्दै मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अदालतमा जवाफ दिन आफू तयार रहेको बताए। उनले भने, ‘रुख कटानका विषयमा बाहिर फैलाइएको अफवाह अदालतलाई जानकारी गराउन म तयार छु।’
अदालतले निर्माण स्थगित गर्न आदेश दिएपनि कागजी कामकारबाही भने नरोकिने उनले प्रष्टाए। केहि दिनभित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ‘ब्रेक थ्रु’ हुने उनले बताए। रुख कटानका सन्दर्भमा अफवाह फैलाइएको भन्दै मन्त्री भट्टराईले असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।