काठमाडौं- सातामा कारोबारको दोश्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ।
सोमबार परिसुचक शून्य दशमलव ८६ अंकले घटेर १ हजार १ सय ११ दशमलव ९९ कायम भएको छ।
नेप्सेका अनुसार सोमबार १ सय ६४वटा कम्पनीको ८ लाख २६ हजार ३ सय कित्ता सेयर ४ हजार १ सय ११ पटक खरिद बिक्री हुँदा २३ करोड २२ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४४ अंकले घटेर २ सय ४५ दशमलव ७१ अंक कायम भएको छ।
बैंकिङ, व्यापार र जलविद्युत समूहको उपसुचक क्रमशः १ दशमलव १३, १३ दशमलव ९९ र २ दशमलव १८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसुचक घटेको छ।
सबैभन्दा धेरै जीवन बीमा समुहको उपसुचक ६४ दशमलव शुन्य १ अंकले घटेको छ।
कारोबार रकमका हिसाबले एनएमबी बैंकको सबैभन्दा धेरै १ करोड ९३ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ५५ अंकले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।