काठमाडौं- नेपालले आर्थिक वर्ष २०७६/०७७ को पहिलो ४ महिनामा भारत तथा तेस्रो मुलुकबाट साढे १ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको प्याज आयात गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकमा नेपालले कूल १ अर्ब ५८ करोड ७७ लाख ९४ हजार रुपैयाँ बराबरको प्याज आयात गरेको उल्लेख छ। नेपालले भारतबाट कूल ४ करोड १५ लाख ७७ हजार ८ सय ६३ केजी, चीनबाट ३ लाख ६४ हजार ७ सय ५६ केजी र नामिबियाबाट १२ हजार केजी प्याज आयात गरेको छ।
साउनदेखि कात्तिक मसान्तसम्मका नेपालले कूल ४ करोड १९ लाख ५४ हजार ६ सय १९ केजी प्याज आयात गरेको छ। चालु आवको पहिलो ४ महिनाकै १करोड ११ लाख ८० हजार ६ सय ६३ केजीले प्याज आयात घटेको छ।
तर, गत आव २०७५/०७६ सोही अवधिमा नेपालले कूल ५ करोड ३१ लाख ३५ हजार २ सय ८२ केजी प्याज आयात गरेको थियो। आयातित प्याज सबै भारतबाट मात्रै आएको थियो। नेपालले गत आवको ४ महिनामा १ अर्ब ७० करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको प्याज आयात गरेको थियो।
गत आवको तुलनामा चालु आवमा प्याज आयात ७ प्रतिशले घटेको हो। प्याज आयात घट्नु्को प्रमुख भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध नै हो। भारतले प्याज निकासीमा प्रतिबन्ध गरेसँगै नेपाली बजारमा प्याजको मूल्यमा उतरचढाव आएको छ। भारतले गत असोज १२ गते प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।
भारतले प्याजको मूल्य बढेसँगै कालोबजारी बढेको भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। नेपालीको महान चाड दसैंको आगमन सुरु भएकै समयमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय २० रुपैयाँ र खुद्रा बजारमा १ सय ५० रुपैयाँको हाराहारीमा पुगेको थियो।
नेपाली बजारमा खपत हुने प्याज विदेशबाटै आयात हुने गरेको छ। यसअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि खासै मूल्य बढ्को थिएन। दसैं तथा तिहारसम्म नेपाली बजारमा प्याज प्रतिकेजी सरदर थोक बजारमा एक सय रुपैया र खुद्रा बजारमा १ सय २० रुपैयाँमै कारोबार भइरहेको थियो।
तर, पछिल्लो साता भने प्याजको मूल्यमा बढेर २ सय रुपैयाँ केजीसम्म पुगेको छ। भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए। ‘नेपाली बजारमा खपत हुने प्याजको बढी हिसा भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, मागअनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिएको छ,’ पौडेलले भने।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि स्टक रहेको प्याज र चीनबाट भएको आयातका कारण पनि प्याजको मूल्य केही समय स्थिर जस्तै बसको व्यापारीहरुको भनाइ छ। अहिले बजारमा प्याजको माग बढेपनि निर्यात भने अति नै कम भएको छ। जसका कारण प्याजको मूल्य बढन थालेको कालीमाटी तरकारी बजार विकास समितिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।