काठमाडौं- पुँजीबजार सूचक नेप्से पछिल्लो ९ महिनायताकै न्यून बिन्दुमा पुगेको छ।
बिहीबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ७ दशमलव ७५ अंकले घटेर १ हजार १ सय २० दशमलव ६० अंकमा कायम भएको छ।
गत मार्च ५ मा परिसूचक १ हजार १ सय ११ को अंकसम्म झरेको थियो। त्यसयता बिहीबार नेप्से न्यून बिन्दुमा पुगेको हो।
बिहीबार १ सय ६७ वटा कम्पनीको १० लाख ५० हजार ४ सय १२ कित्ता सेयर ५ हजार ६ सय ७२ पटक किनबेच हुँदा २९ करोड ७७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार व्यापार समुह, म्युचुअल फण्ड समुह र अन्य समुह क्रमशः ३६ दशमलव १६, शुन्य दशमलव १ र शुन्य दशमलव ६१ अंकले बढेको छ। बाँकी सबै समुहको उपसुचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समुहको उपसुचक ३२ दशलमव ४७ अंकले घटेको छ।
कारोबार रकमका आधारमा आज एनएमबी बैंकको सबैभन्दा धेरै ४ करोड ३० लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सबैभन्दा धेरै कमाउनमो साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव २० प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।