काठमाडौं- राजस्व अुनसन्धान विभागले अवध रुपमा गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै ६ जना विरुद्ध मुद्दा दायर गरेको छ।
विभागले झापा मेचीनगरमा सञ्चालित साकम्बरी प्रोडक्टका सञ्चालक मुकेश शर्मा र मुख्य कारोबारी रामकृष्ण शर्मासमेत गरी ६ जनालाई राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको हो।
विभागले ३६ करोड ५५ लाख रुपैयाँ बिगो कायम गरी झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
साकम्बरीका सञ्चालक मुकेश शर्मासहित ६ जनाबाटै बिगो बराबरको रकम असुली गर्दै ३ वर्षको कैदसजायको माग गर्दै विभागले मुद्दा दायर गरेको हो।
अन्तःशुल्कबापत ३१ करोड ५ लाख ३९ हजार ९ सय ५९ रुपैयाँ, मूल्य अभिवृद्धि शीर्षकमा २ करोड ७९ लाख ९८ हजार ५ सय ६९ रुपेयाँ, आयकरतर्फ २ करोड ३८ लाख ८३ हजार १७ रुपैयाा र स्वास्थ्य जोखिम कर तर्फ ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ राजस्व छली गरेको विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।